पटका सहित ६ जना पक्राउ
२०८३-०७-११
- A
- A-
- A+
बारा, जीतपुर सिमरा उपमहानगरपालिका-१ पथलैयाबाट ८० हजार रूपैयाँ बराबरको विभिन्न किसिमका पटका सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट राजपुर नगरपालिका-५ बस्ने २८ वर्षीय बिनोद महतो र बारा पचरौता नगरपालिका-७ बस्ने २६ वर्षीय राधा कृष्ण सहनी रहेका छन् । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले सिम्रौनगढबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०१-०३४ च ७३१५ नम्बरको पिकअपलाई जाँच गर्ने क्रममा उक्त पटकाहरू फेला पारी चालक बिनोद र पिकअपमा सवार राधा कृष्णलाई पक्राउ गरेको हो ।
ललितपुर, महालक्ष्मी नगरपालिका-४ सितलहाईटबाट २५ हजार रूपैयाँ बराबरको पटका सहित सोही नगरपालिका-६ ईमाडोल बस्ने पर्सा वीरगंज महानगरपालिका-२६ घर भएका २८ वर्षीय अमित कुमार कुशुवहा समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटो समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पटका सहित पक्राउ गरेको हो ।
काभ्रे, धुलिखेल नगरपालिका-९ काभ्रेभञ्ज्याङबाट ८० हजार रूपैयाँ बराबरको विभिन्न किसिमका पटका सहित धनुषा जनकपुरधाम उपमहानगरपालिका-६ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट काभ्रेभञ्ज्याङबाट खटिएको प्रहरीले धनुषाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१-००७ ख १२२४ नम्बरको गाडीमा सवार उनलाई उक्त पटका सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।