लुटपाटमा संलग्न रहेको अभियोगमा पक्राउ
२०८०-०२-१०
- A
- A-
- A+
काठमाडौं, लुटपाटमा संलग्न रहेको अभियोगमा काभ्रे पाँचखाल नगरपालिका-६ घर भई हाल काठमाडौं न्युरोड बस्ने २७ वर्षीय प्रबिन ढुङ्गानालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-१५ डल्लु रामँघाट नजिक हिँडिरहेको अवस्थामा सोही ठाउँ बस्ने बस्ने ३० वर्षीया महिलाको दाहिने कानको मुन्द्रा लुछी भाग्दै गरेको अवस्थमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई उक्त लुटपाट गरेको मुन्द्रासहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।