सुन जस्तो देखिने अर्ध ठोस पदार्थसहित फिलिपिन्सकी नागरिक पक्राउ
२०८०-०६-१३
- A
- A-
- A+
काठमाडौं, सुन जस्तो देखिने लिक्विड (अर्ध ठोस) पदार्थ करिब २ केजी ७ सय २० ग्रामसहित फिलिपिन्सकी नागरिक ३० वर्षीया Arbicon Aronce Manalang लाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
फ्लाई दुबईको उडानद्वार काठमाडौं आएकी उनले उक्त परिमाणको पदार्थ भन्सार छलि लैजान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारबाही तथा अनुसन्धानको लागि प्रहरी वृत्त गौशलामा राखिएको छ ।