आफ्नै बुवाको हत्या गरेको अभियोगमा पक्राउ
२०८०-०८-११
- A
- A-
- A+
झापा, आफ्नै बुवाको हत्या गरेको अभियोगमा कमल गाउँपालिका-४ बस्ने २३ वर्षीय आशिष तामाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
कराई र दाउले प्रहार गर्दा उनका बुवा ४५ वर्षीय भोला कुमार तामाङको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी केर्खा र प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको छ ।