चोरीमा संलग्न व्यक्ति पक्राउ
२०८१-०४-२४
- A
- A-
- A+
सुनसरी, ललितपुर महानगरपालिका मङ्गलबजारस्थित लक्ष्मण शंकरको चाँदीको पसलबाट चाँदी र चाँदीले बनेको भाँडाकुँडा चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा सुनसरी बराहक्षेत्र नगरपालिका-१ गौरीगाउँ बस्ने २६ वर्षीय प्रबिन राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बिगत १ महिनादेखि उक्त पसलमा काम गर्दै आएका राईले गत शनिबार चाँदी र चाँदीले बनेका भाँडाकुँडा चोरी गरी फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनको घरमा लुकाई छिपाई राखेको ४ किलो १ सय ८७ ग्राम २६ मिलिग्राम चाँदी र चाँदीले बनेका भाँडाकुँडा समेत बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।