प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

२०८१-०५-२६

  • A
  • A-
  • A+
Share

बारा, आफ्नै श्रीमती ४० वर्षीया लक्ष्मी राईको हत्या गरेको अभियोगमा निजगढ नगरपालिका-९ भमरा टोल बस्ने ४५ वर्षीय बिमल कुमार बस्नेतलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

बिमलले घरायसी विवादको क्रममा खुर्पा प्रहार गर्दा गम्भीर घाइते भएकी लक्ष्मीको सामुदायिक प्रसुति गृह अस्पताल निजगढ हुँदै नेशनल मेडिकल कलेज वीरगञ्जमा थप उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

साथै झगडा छुट्याउने क्रममा घाइते भएकी उनकै छोरी १८ वर्षीया गंगा राईलाई थप उपचारको लागि त्रिवि शिक्षण अस्पताल महारागंज काठमाडौं रिफर गरिएको छ भने उनकै छोरी १५ वर्षीया जमुना राइको नेशनल मेडिकल कलेज वीरगंजमा उपचार भइरहेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ
२०८२-०३-१३

मोरङ, मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा बेलवारी नगरपालिका-६ बस्ने ३७ वर्षीय किसन चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका-२ हिमालयन बैंक अगाडि सडक किनारमा पार्किङ गरी राखेको को.३९ प ४१५० नम्बरको मोटरसाइकल गत जेठ २८ गते चोरी भएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा कटहरी गाउँपालिका-१ स्थित उक्त मोटरसाइकल चलाउँदै गरेको अवस्थामा फेला पारी किसनलाई पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत मोरङबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

युके र कतार पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०३-१२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-६ बस्ने दोलखा बैतेश्‍वर गाउँपालिका-३ घर भएका ३१ वर्षीया नबिना दाहाल घिमिरे र काठमाडौं कागेश्‍वरी महोहरा नगरपालिका-९ बस्ने सर्लाही कौडेना गाउँपालिका-४ घर भएका ४३ वर्षीय लछुमन साह तेली रहेका छन् । पक्राउ मध्ये नबिनाले युके पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५२ लाख रूपैयाँ र लछुमनले कतार पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ६ लाख रूपैयाँ लिई सम्पर्कबिहिन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नबिनालाई काठमाडौं महानगरपालिका-२२ सुन्धाराबाट मंगलबार र लछुमनलाई काठमाडौं महानगरपालिका-३२ काँडाघारीबाट बुधबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८२-०३-१२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-११ बस्ने रूकुम पश्चिम त्रिवेणी गाउँपालिका-१ घर भएका ४० वर्षीय जगदिश महर, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने नवलपरासी पूर्व बुलिङटार गाउँपालिका-४ घर भएका ३७ वर्षीय डिल बहादुर आले मगर र काठमाडौं महानगरपालिका-२६ बस्ने सिन्धुली घ्याङलेख गाउँपालिका-६ घर भएका ३१ वर्षीय प्रेम कुमार श्रेष्ठ रहेका छन् ।  पक्राउ मध्ये जगदिशले दक्षिण कोरिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख रूपैयाँ, डिल बहादुरले सर्बिया पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट ५ लाख १० हजार रूपैयाँ र प्रेम कुमारले रोमानिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जगदिशथलाई काठमाडौं महानगरपालिका-७ बाट, डिल बहादुरलाई काठमाडौं महानगरपालिका-४ बाट र प्रेम कुमारलाई काठमाडौं टोखा नगरपालिका-७ बाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।