प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

करिब २१ किलो अवैध चाँदी सहित तीन जना पक्राउ

२०८१-०७-०९

  • A
  • A-
  • A+
Share

बारा, जीतपुर सिमरा उपमहानगरपालिका-२१ अमलेखगंजबाट करिब १४ किलो अवैध चाँदीका विभिन्न गरगहना सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा प्रसौनी गाउँपालिका-६ प्रस्टोका बस्ने ३३ वर्षीय सन्तोष साह सोनार र जीतपुर सिमरा उपमहानगरपालिका-८ गमरगावाटोल बस्ने २७ वर्षीय सुरेश महतो रहेका छन् । इलाका प्रहरी कार्यालय अमलेखगंज बाराबाट खटिएको प्रहरीले ना.५२ प २५८४ नम्बरको मोटरसाइकल चालक सन्तोष लाई करिब ९ किलो चाँदी र ना. ५५ प ३९३२ नम्बरको मोटरसाइकल चालक सुरेशलाई करिब ५ किलो चाँदी सहित पक्राउ गरेको हो । उनीहरूले मोटरसाइकलको ट्याङ्कीभित्र फल्स बटम बनाई लुकाई छिपाई उक्त चाँदी ल्याएको खुल्न आएको छ । 

रौतहट, गौर नगरपालिका-१ स्थित गौर भन्सार कार्यालय अगाडि सडकबाट ७ किलो १ सय ८७ ग्राम चाँदीका विभिन्न गरगहना सहित भारत सितामढी बैरगनिया नगरपरिषद-८ असोगी बस्ने ६२ वर्षीय चन्देश्वर साहलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले भारतको बैरगनियाबाट गौरतर्फ आउँदै गरेको बीआर ३० एफ ६६३५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा ट्याङ्की मुनि प्लाष्टिकको पोकाभित्र लुकाई छिपाई राखेको चाँदीको पाउँजु लगायतका उक्त तौलको विभिन्न किसिमको गरगहनाहरू फेला पारी चालक चन्देश्वरलाई पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौरमा पठाइएको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८२-०३-१२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-११ बस्ने रूकुम पश्चिम त्रिवेणी गाउँपालिका-१ घर भएका ४० वर्षीय जगदिश महर, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने नवलपरासी पूर्व बुलिङटार गाउँपालिका-४ घर भएका ३७ वर्षीय डिल बहादुर आले मगर र काठमाडौं महानगरपालिका-२६ बस्ने सिन्धुली घ्याङलेख गाउँपालिका-६ घर भएका ३१ वर्षीय प्रेम कुमार श्रेष्ठ रहेका छन् ।  पक्राउ मध्ये जगदिशले दक्षिण कोरिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख रूपैयाँ, डिल बहादुरले सर्बिया पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट ५ लाख १० हजार रूपैयाँ र प्रेम कुमारले रोमानिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जगदिशथलाई काठमाडौं महानगरपालिका-७ बाट, डिल बहादुरलाई काठमाडौं महानगरपालिका-४ बाट र प्रेम कुमारलाई काठमाडौं टोखा नगरपालिका-७ बाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

युके र कतार पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०३-१२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-६ बस्ने दोलखा बैतेश्‍वर गाउँपालिका-३ घर भएका ३१ वर्षीया नबिना दाहाल घिमिरे र काठमाडौं कागेश्‍वरी महोहरा नगरपालिका-९ बस्ने सर्लाही कौडेना गाउँपालिका-४ घर भएका ४३ वर्षीय लछुमन साह तेली रहेका छन् । पक्राउ मध्ये नबिनाले युके पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५२ लाख रूपैयाँ र लछुमनले कतार पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ६ लाख रूपैयाँ लिई सम्पर्कबिहिन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नबिनालाई काठमाडौं महानगरपालिका-२२ सुन्धाराबाट मंगलबार र लछुमनलाई काठमाडौं महानगरपालिका-३२ काँडाघारीबाट बुधबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

सामाजिक सञ्जाल मार्फत ठगी गर्ने दुई जना पक्राउ
२०८२-०३-१२

काठमाडौं, सामाजिक सञ्जाल मार्फत ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कागेश्वरी मनोहरा नगरपालिका-६ बस्ने धादिङ थाक्रे गाउँपालिका-५ घर भएका १९ वर्षीय समिर तामाङ र गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजल बस्ने १९ वर्षीय क्रिस पोखरेल रहेका छन् । फेसबुक पेज तथा टेलिग्राम ग्रुप मार्फत समिर तामाङ नाम गरेको एकाउन्टबाट विदेशमा सञ्चालित फर्निचर कम्पनीमा लगानी गर्दा फाइदा हुने तथा अनलाइन जब लगाइदिने जस्ता पोष्ट गरी प्रलोभनमा पारी विभिन्न बैंक खातामा नगद २३ लाख १५ हजार रूपैयाँ जम्मा गर्न लगाई ठगी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं माइतीघरबाट पक्राउ गरेको हो । साथै प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले १ करोड ३१ लाख ६२ हजार ६ सय ७५ रूपैयाँ बराबरको अभौतिक मुद्राको कारोबार समेत गरेको खुल्न आएको छ ।उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ३ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।