प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
मानवश्रोत विकास विभाग - नयाँ दिल्ली कन्सुलर


भारतका लागि नेपाली राजदुतावास तथा कुटनैतिक नियोग संग सुरक्षा सम्बन्धमा समन्वय गर्न तथा सीमावर्ती अपराध र आतंककारीको आवतजावतलाई नियन्त्रण गर्न भारतीय समकक्षी निकायसंग समन्वय गर्ने लगायतका कार्यको लागि नेपाल प्रहरीबाट भारतको राजधानी नयाँ दिल्लीमा एक जना प्रहरी बरिष्ठ उपरीक्षकलाई कन्सुलरको रुपमा खटाई  पठाउने गरिन्छ । यसका अतिरिक्त देहायका प्रमुख कार्यहरु समेत हुने गरेको देखिन्छ:

  • भारतमा रहेका नेपाली नागरिकहरुको भौतिक सुरक्षाको व्यवस्था गर्नको निमित्त भारतीय सुरक्षा निकायसंग समन्वय गर्ने ।
  • नेपालबाट भारत भ्रमण गर्ने विशिष्ट व्यक्तिहरु तथा नेपाल सरकारका उच्च ओहोदाका व्यक्तिहरुको आवागमनलाई सहज तुल्याउन सुरक्षाको यथोचित व्यवस्था मिलाउने ।
  • भारतीय भूमीबाट तेस्रो मुलुकमा हुने मानव बेचविखन तथा वैदेशिक रोजगारीका पीडितहरुलाई स्थानीय कानूनअनुसार न्यायको पहुँचसम्म (Access to Justice) पुर्‍याउने व्यवस्था गर्ने ।
  • नेपालमा अपराध गरी भारतमा रहेका वा भारतीय विमानस्थलको प्रयोग गरी अन्य मुलुकमा जाने अपराधीहरुलाई पक्राउ गरी कानून अनुसार नेपालमा पठाउने व्यवस्था गर्ने ।
  • भारतमा हराएका महिला, बालबालिकाहरुको खोजी कार्य गरी नेपालमा पठाउने तथा वारिसे वा वेवारिसे शवहरुलाई नेपालमा पठाउने व्यवस्था गर्ने ।

Card image cap
टेक प्रसाद राई

प्रहरी अतिरिक्त महानिरीक्षक