मानवश्रोत विकास विभाग - कर्मचारी प्रशासन शाखा
प्रचलित प्रहरी नियमावली बमोजिम प्रहरी कर्मचारीहरुको नयाँ नियुक्ति, पदस्थापन, सरुवा, काज, बढुवा,नोकरी राजिनामा, अवकाश, निवृत्तिभरण, उपदान, असाधारण सुविधा सिफारिससँग सम्बन्धित कार्यहरु लगायत प्रहरी कर्मचारीहरुसँग प्रत्यक्ष सम्बन्ध राख्ने कार्यहरु कर्मचारी प्रशासन शाखाबाट सम्पादन हुँदै आएको छ । उल्लेखित कार्यको अलवा प्रहरी कर्मचारीहरुको केन्द्रीय अभिलेखको रुपमा रहेको यस शाखामा वहालवाला एवं अवकाश प्राप्त प्रहरी कर्मचारीहरुको व्यक्तिगत फाईल तथा विद्युतिय (Personnel management information system) अभिलेख अद्यावधिक गर्ने गरिन्छ ।
कर्मचारी प्रशासन शाखाको जिम्मेवारी क्षेत्रहरु:
- नेपाल प्रहरी प्रधान कार्यालय, भर्ना छनौट शाखाबाट नयाँ नियुक्तिका लागि सिफारिस भई आएका विभिन्न दर्जाका उमेदवारलाई प्रहरी नियमावली,२०७१ (संशोधन सहित) मा व्यवस्था भए अनुरुप नयाँ नियुक्ति गर्ने ।
- प्रहरी कर्मचारीहरुको सरुवा,काज, बढुवा लगायतको लागि आवश्यक मापदण्ड र कार्यविधि तयार गर्ने ।
- प्रचलित प्रहरी नियमावली बमोजिम सरूवा, बढुवा गर्ने र तालुक मन्त्रालय एवं मन्त्रिपरिषदबाट हुने सरुवा, बढुवाको लागि तालुक गृह मन्त्रालयसँग समन्वय गर्ने ।
- व्यक्तिगत अभिलेख तथा PMIS मा प्रहरी कर्मचारीहरुको अभिलेख अद्यावधिक गर्ने र उक्त अभिलेख प्रणालीलाई समयानुकुल विकास गर्ने ।
- नेपाल प्रहरी संगठनको रिक्त दरबन्दीहरु एकिन गर्ने ।
- तत्कालका लागि प्रहरी कर्मचारीहरु खटाउनु पर्ने आवश्यकता महशुस भएमा काज अह्नन खटन गर्ने ।
- मातहत कार्यालयहरुबाट सम्पादन हुने सरुवा, काज, पदस्थापन समेतको लागि समन्वय एवं आवश्यकतानुसार निर्देशन दिने ।
- प्रचलित नियमानुसार विभिन्न आधारले सेवा निवृत्त भएका प्रहरी कर्मचारीहरु वा निजको आश्रित परिवारले पाउने निवृत्तिभरण, उपदान तथा असाधारण सुविधाका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने ।
- अशक्त प्रहरी कर्मचारी तथा अमर प्रहरी परिवारले नियमानुसार पाउने सुविधाको लागि सिफारिस गर्ने ।
- प्रचलित नियम बमोजिम प्रहरी कर्मचारीहरुको नोकरी राजिनामा स्वीकृत गर्ने तथा राजपत्रांङ्कित प्रहरी कर्मचारीको नोकरी राजिनामा स्वीकृतीको लागि तालुक गृह मन्त्रालयमा पठाउने ।
- प्रत्येक प्रहरी कर्मचारीहरुको बार्षिक कार्य सम्पादन मूल्याङ्कन प्राप्त गरि सुरक्षित राख्ने ।
- नेपाल सरकारले प्रदान गर्ने मानपदवी, अलंकार एवं पदकका लागि कार्य विवरण सहित उत्कृष्ट प्रहरी कर्मचारीहरुको नामावली सिफारीस गर्ने ।
- बढुवा भएका प्रहरी कर्मचारीहरुलाई दर्ज्यानि चिन्हबाट सुशोभन गर्ने व्यवस्था मिलाउने ।
- मानवश्रोत व्यवस्थापनका सम्बन्धमा सरोकारवाला निकायहरुसँग आवश्यक समन्वय र सहकार्य गर्ने ।
|
नेपाल प्रहरीको प्राविधिक तथा जनपद दरबन्दीको संख्यात्मक विवरण |
||||||||||||||||||||||
|
समुह |
प्रमनि |
प्रअमनि |
प्रनामनि |
प्रबउ |
प्रउ |
प्रनाउ |
प्रनि |
प्रवनानि |
प्रनानि |
प्रसनि |
प्रवह |
प्रह |
प्रसह |
प्रज |
प्रकास |
प्रप्रनि | प्रप्रसनि | प्रप्रज | जम्मा | |||
|
जनपद |
१ |
८ |
२० |
६० |
१३६ |
३४८ |
१२५७ |
११७० |
२३७६ |
६८०२ |
३३८२ |
१०१४६ |
१४५५८ |
२९५६३ |
३०३० |
३० | १३० | ८३४ | ७३८५१ | |||
|
प्राविधिक |
|
१ |
७ |
२० |
४५ |
१०९ |
२२९ |
२४७ |
५०३ |
९८४ |
३६६ |
१०८९ |
६८७ |
१३९३ |
|
५६८० | ||||||
|
जम्मा |
१ |
९ |
२७ |
८० |
१८१ |
४५७ |
१४८६ |
१४१७ |
२८७९ |
७७८६ |
३७४८ |
११२३५ |
१५२४५ |
३०९५६ |
३०३० |
३० | १३० | ८३४ | ७९५३१ | |||
ईश्वर कार्की
प्रहरी अतिरिक्त महानिरीक्षक