प्रशासन विभाग - कल्याण महाशाखा
पृष्ठभूमि :
नेपाल प्रहरीका बहालवाला /सेवा निवृत्त प्रहरी कर्मचारी एवम् तिनका आश्रित परिवार र अमर/शहिद प्रहरी परिवारका सदस्यहरुको स्वास्थ्य, शिक्षा, सहुलियत (नगद/सामान) कर्जा, आर्थिक अनुदान, खेलकुद लगायतका विविध कल्याणकारी योजना तथा कार्यक्रम सञ्चालन गर्ने उद्देश्य अनुरुप प्रहरी कर्मचारीको आयस्रोतबाट २०३९।११।१२ गते जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा “प्रहरी कल्याण केन्द्र” नामक संस्था दर्ताको पहिलो प्रयास गरिएको र २०४९ सालदेखि शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघका मिसनहरूमा नेपाल प्रहरीको सहभागिता सँगसँगै कोष वृद्दि हुँदै गएपछि सस्था दर्ता ऐन अनुसार प्रहरी कल्याण कोष विधान,२०५२” अनुसार सञ्चालन गरिदै आएको थियो । प्रहरी नियमावली, २०७१ को नियम १९४ मा प्रहरी कल्याण कोषको स्थापना र सञ्चालन सम्बन्धी ब्यवस्था समावेश भएपछि प्रहरी कल्याण कोष सञ्चालन कार्यविधि, २०७१ बमोजिम सञ्चालन गर्दै आएकोमा प्रहरी कल्याण कोषलाई थप सहज र प्रभावकारी ढंगले सञ्चालन गर्न समयानुकूल कार्यविधिलाई संशोधन तथा एकिकरण गरी मिति २०८०।०९।१९ गते प्रहरी कल्याण कोष सञ्चालन कार्यविधि, २०८० स्वीकृत गरी प्रहरी कल्याण कोष सञ्चालनमा रहेको छ ।
(१) कोषको उद्देश्य : नेपाल प्रहरीका बहालवाला/सेवा निवृत्त, अशक्त प्रहरी कर्मचारी एवम् तिनका आश्रित परिवार र अमर/शहिद प्रहरी परिवारका सदस्यहरुको लागि स्वास्थ्य, शिक्षा, सहुलियत (नगद/सामान) कर्जा तथा सामाजिक क्षेत्रमा आर्थिक सहयोग प्रदान, खेलकुदका क्षेत्रमा विकास, कल्याणकारी कार्यक्रमको बिस्तार लगायत अन्य विविध कल्याणकारी क्षेत्रहरुमा समयानुकूल सेवा प्रदान गर्ने उद्देश्यले कोषको स्थापना भई सञ्चालनमा रहेको छ ।
(२) कोषको सञ्चालन सम्बन्धी व्यवस्था : प्रहरी नियमावली,२०७१ (संशोधन सहित) को नियम १९४ उपनियम १० बमोजिम कल्याण कोषको सञ्चालन तथा व्यवस्थापनका लागि देहाय बमोजिमको कल्याण कोष सञ्चालक समिति रहने व्यवस्था रहेको छ ।
प्रहरी महानिरीक्षक, नेपाल प्रहरी प्रधान कार्यालय- संरक्षक
(क) प्रहरी अतिरिक्त महानिरीक्षक ने.प्र.प्र.का.प्रशासन विभाग -अध्यक्ष
(ख) मेडिकल डाईरेक्टर, प्र.अ.म.नि. नेपाल प्रहरी अस्पताल -सदस्य
(ग) प्रतिनिधि (रा.प. द्वितीय श्रेणीको अधिकृत) गृह मन्त्रालय -सदस्य
(घ) प्रतिनिधि (रा.प. द्वितीय श्रेणीको अधिकृत) अर्थ मन्त्रालय -सदस्य
(ङ) अवकाश प्राप्त र बहालवाला प्रहरी अधिकृत मध्येबाट संरक्षकले मनोनित गरेका २ जना -सदस्य
(च) अवकाश प्राप्त र बहालवाला प्र.ह.र प्र.ज. मध्येबाट संरक्षकले मनोनित गरेका २ जना -सदस्य
(छ) महाशाखा प्रमुख ने.प्र.प्र.का. कल्याण महाशाखा सदस्य-सचिव
प्रहरी कल्याण कोषको स्थापना, सञ्चालन तथा व्यवस्थापन :
(३) कल्याणकारी कार्यक्रमको सञ्चालन तथा अनुगमन : प्रहरी कल्याण कोषबाट सञ्चालन हुने कार्यक्रमहरु नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाबाट सञ्चालन गरिनेछ । कल्याण महाशाखामा प्रहरी वरिष्ठ उपरीक्षक महाशाखा प्रमुख रहनेछन, महाशाखा अन्तर्गत प्रशासन शाखा, COE (Contingent Owned Equipment Section) शाखा, लेखा शाखा, किस्तावन्दी शाखा, बिशेष कल्याणकारी शाखा र अनुगमन तथा समन्वय डेस्क (स्कुल, पेट्रोल पम्प, क्लव, प्रहरी अस्पताल, सपिङ कम्प्लेक्स,अतिथि गृह आदि) र प्रहरी कल्याण कोष मातहतमा अन्य कोष रहनेछन् । सञ्चालित कार्यक्रमको नियमित अनुगमन कल्याण महाशाखाबाट हुनेछ ।
(४) प्रहरी कल्याण कोषको स्थापना र सञ्चालन : प्रहरी कल्याण कोषका कार्यक्रमहरु सरल रुपमा सम्पादन गर्नका लागि मूलधन नमासिने गरी प्राप्त व्याज रकमबाट कल्याणकारी कार्यक्रमहरु सञ्चालन गर्न देहाय बमोजिम हुनेछ । प्रहरी कल्याण कोषमा छात्रवृत्ति अक्षय कोष, नेपाल प्रहरी खेलकुद व्यबस्थापन अक्षय कोष, अस्पताल कल्याणकारी अक्षय कोष, उपत्यका/प्रदेश अमर/सहिद,अशक्त अक्षय कोष र आवश्यकता अनुसार सोही प्रकृतिका अन्य अक्षय कोष स्थापना गरी सञ्चालन गर्न सकिनेछ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, उपत्यका प्रहरी कार्यालय, उपत्यका ट्राफिक प्रहरी कार्यालय, सबै प्रदेश प्रहरी कार्यालय, तालिम प्रदायक प्रहरी कार्यालय र नेपाल प्रहरी अस्पताल तथा प्रदेश प्रहरी अस्पतालहरुमा कल्याण कोषका खाताहरु रहनेछन् । उक्त कोषको खाता अनुगमन, नियन्त्रण तथा निर्देशन कल्याण महाशाखाले गर्नेछ । कल्याण महाशाखाबाट तोकिएका सेवाहरु प्रदान गर्ने गरी सम्वन्धित कार्यालयहरुमा स्थापना भएका कल्याण कोषको खाताहरुबाट प्राप्त हुने व्याज रकमबाट कल्याणकारी कार्यक्रम तयार गरी स्वीकृतिको लागि कल्याण महाशाखामा पठाउनु पर्नेछ ।
(५) लेखा परीक्षण : प्रहरी नियमावली, २०७१ को नियम १९४ को उपनियम ७ बमोजिम प्रहरी कल्याण कोष तथा सो अन्तर्गतका अन्य कोषहरुको आन्तरीक लेखा परीक्षण सञ्चालक समितिले तोके बमोजिम नेपाल प्रहरी प्रधान कार्यालय, आन्तरीक लेखा परीक्षण शाखाबाट र अन्तिम लेखा परीक्षण महालेखापरीक्षकको कार्यालयबाट हुने गरेको छ । नेपाल सरकारले चाहेमा जुनसुकै वखत पनि कल्याण कोषको हिसाब किताब जाँच्न वा जँचाउन सक्ने व्यवस्था रहेको छ ।
(६) बार्षिक प्रतिवेदन : प्रहरी कल्याण कोषको लगानी रहेका निकायहरुले बार्षिक कार्ययोजना बमोजिम सम्पन्न गरेको कार्यक्रमहरुको प्रगती सहितको प्रतिवेदन तथा आगामी वर्षको कार्ययोजना आर्थिक वर्षको अन्त्यमा कल्याण महाशाखाले वार्षिक प्रतिवेदन तयार गरी प्रहरी कल्याण कोष सञ्चालक समिति समक्ष पेश गर्नुपर्नेछ । उक्त प्रतिवेदन सञ्चालक समितिबाट अनुमोदन भए पश्चात कार्यान्वयन हुनेछ ।
कोषको स्रोत तथा कोषबाट सञ्चालन गरिने कल्याणकारी कार्यक्रमहरुः
(७) कोषका आयश्रोतहरु : कल्याणकारी कार्यक्रम संचालनका लागि आयश्रोतहरु तपशिल बमोजिम हुनेछन्:-
(१) प्रहरी कर्मचारीहरुले यू.एन. मिशनमा प्राप्त गरेको भत्ता वा पारिश्रमिकबाट प्राप्त हुने योगदान रकम ,
(क) IPOs ले मिसनमा कार्यरत रहँदाको अवधिमा पाउने Mission Subsistence Allowance (MSA) बाट UN Accommodation मा बसेको भए सो वापतको रकम र मासिक USD 600 (छ सय) कट्टा गरी वाँकी हुन आउने रकमको मिशनको पटक (पहिलो, दोस्रो र तेस्रो) अनुसार क्रमश: १०% , ११% , र १२ % तथा सो भन्दा बढी जतिपटक मिसनमा सहभागी भए पनि १३ % रकम मिशनवाट फर्केको १५ दिनभित्र प्रहरी कल्याण कोषमा जम्मा गर्नुपर्नेछ,
(ख) UN Mission वा INTERPOL जस्ता अन्य कुनै अन्तर्राष्ट्रिय संस्था वा मिशनमा Professional and Higher Level Post मा कार्यरत प्रहरी कर्मचारीले सो अवधिमा पाउने Net Salary मा मासिक USD 2000 घटाई वाँकी हुन आउने रकमको १३ % रकम मिशनवाट फर्केको १५ दिनभित्र प्रहरी कल्याण कोषमा जम्मा गर्नुपर्नेछ ।
(२) FPU मिशनमा सहभागी हुने प्रहरी कर्मचारीहरुले पाउने भत्ता रकममा १०% ले हुन आउने रकम ,
(३) विशेष आर्थिक कल्याणकारी कार्यक्रमको लागि प्रत्येक कर्मचारीहरुबाट प्रत्येक महिना रू.१,०००।- को दरले कट्टी गरी जम्मा हुने रकम ,
(४) FPUमिसनहरुमा बन्दोबस्तीका सामानहरुमा लगानी गरेवापत यू.एन.बाट प्राप्त हुने शोधभर्ना (Reimbursement) रकम ,
(५) किस्तावन्दी कर्जा कार्यक्रमबाट आर्जन हुने ब्याज वापतको रकम,
(६) कोषबाट सञ्चालित आवास गृह, अतिथि गृह, नेपाल पुलिस हेल्थ क्लब, नेपाल पुलिस क्लव आदीबाट प्राप्त हुने आम्दानी ,
(७) प्रहरी कल्याण कोषबाट सञ्चालित Shopping Complex, माछापोखरी तथा कल्याण कोष अन्तर्गतका एकाइको नाममा रहेको जग्गा भाडा वापतको रकम ,
(८) कोषबाट सञ्चालित पेट्रोल पम्प, विद्युतीय सवारी चार्जिङ स्टेशन आदिबाट प्राप्त हुने आम्दानी ,
(९) प्रहरी सेवाका कर्मचारीको भत्ता वा पारिश्रमिकबाट तोकिए बमोजिम कट्टा गरिएको रकम,
(१०) नेपाल सरकार वा मान्यता प्राप्त संगठित संस्था वा व्यक्तिबाट प्राप्त चल,अचल सम्पत्ति,
(११) नेपाल सरकारको स्वीकृतिमा विदेशी सरकार वा संघ संस्थाबाट अनुदान स्वरुप प्राप्त रकम तथा अन्य सहयोग,
(१२) प्रहरी वैण्ड बाजा सुविधा उपलव्ध गराए वापत प्राप्त हुने रकम,
(१३) कल्याण कोष तथा मातहतमा मौज्दात रकम“क” श्रेणीको वाणिज्य बैंकहरुमा मुद्दती निक्षेपमा लगानी गरे वापत प्राप्त हुने रकम ।
(१४) तोकिए बमोजिम कल्याण कोषको चल, अचल सम्पत्ति लगानी र प्रयोगबाट आर्जित रकम,
(१५) फिल्म सुटिङको लागि उपलव्ध गराइने अनुसूची-१ बमोजिमका सुविधाहरु वापत प्राप्त हुने रकम ।
(१६) अन्य प्रचलित कानुनी स्रोतबाट कोषलाई प्राप्त हुने अन्य आम्दानी तथा कोषको सञ्चालक समितिको निर्णयानुसार थप हुने आम्दानी ।
(८) प्रहरी कल्याण कोषबाट सञ्चालन गरिने कल्याणकारी कार्यक्रमहरु : कल्याणकारी कार्यक्रमहरु सञ्चालन गर्नको लागि प्रहरी कल्याण कोषबाट तपशिल बमोजिमका शिर्षकहरुमा खर्च गर्न सकिनेछ :-
तपशिलः
(क) शैक्षिकवृत्ति, छात्रवृति तथा पुरस्कार ,
(ख) प्रहरी स्कूल तथा अस्पतालहरुको पूर्वाधार विकासमा सहयोग ,
(ग) कल्याण कोष सञ्चालन तथा व्यवस्थापन र पर्व उत्सव समारोहको प्रबन्ध आदिमा हुने खर्च ,
(घ) वहालवालाका परिवार,अवकाश प्राप्त प्रहरीहरु तथा अमर/सहिद प्रहरी परिवार र तिनका आश्रित परिवारहरुको उपचारका लागि नेपाल प्रहरी अस्पताललाई औषधी उपचार अनुदान,
(ङ) किरीयाकर्म खर्च अनुदान तथा आर्थिक सहयोगहरु,
(च) FPU तथा UNPOL सञ्चालनमा बन्दोबस्तीका सामानहरु खरिद तथा खटिने प्रहरी कर्मचारीहरुलाई उपलव्ध गराइने भत्ता लगायतका खर्च,
(छ) FPU तथा UNPOL को रुपमा खटिने प्रहरी कर्मचारीहरुको छनोट परीक्षा सञ्चालन खर्च ,
(ज) प्रहरी संगठनमा खेलकुदको विकास गर्न खेलाडी तथा खेलकुद सामाग्रीमा गरिने खर्च ,
(झ) कोषबाट सञ्चालित आवास गृह, अतिथि गृह तथा हेल्थ क्लबमा हुने खर्च ,
(ञ) प्रचलित कानुन बमोजिम दर्ता भइ कोषबाट सञ्चालित पेट्रोल पम्प तथा Shopping Complex, वैण्ड बाजाहरुमा गरिने खर्च ,
(ट) आवश्यकता अनुसार सञ्चालक समितिबाट निर्णय भई प्रदान हुने अनुदान सहयोग र सञ्चालन हुने विभिन्न कार्यमा हुने खर्च ,
(ठ) नेपाल सरकारबाट मान्यता प्राप्त प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् वा सोही प्रकृतिका मान्यता प्राप्त निकायबाट सम्बन्धन/स्वीकृति प्राप्त गरी कोषद्वारा व्यावसायीक तथा सिपमूलक कल्याणकारी कार्यक्रम (डकर्मी, सिकर्मी, प्लम्विङ, इलेक्ट्रिसियन, सौन्दर्यकला आदि तालिम) सञ्चालनमा हुने खर्च ।
शैक्षिक वृत्ति तथा छात्रवृत्ति :
(९) शैक्षिक वृत्ति : कक्षा ६ देखि कक्षा १२ सम्म अध्ययनरत अमर/सहिद प्रहरीका सन्ततिलाई शैक्षिक वृत्ति स्वरुप बार्षिक रू.१२,०००।– (अक्षरेपि बाह्र हजार मात्र) का दरले शैक्षिक वृत्ति उपलब्ध गराइनेछ ।
(१०) अशक्त छात्रवृत्ति : वहालवाला प्रहरी कर्मचारी कर्तव्यपालनाको सिलसिलामा अशक्त भई अवकास प्राप्त भएमा निजको एकजना सन्ततिलाई कक्षा ६ देखि स्नातक तहसम्मको अध्ययनका लागि बार्षिक रू.१२,०००।– (अक्षरेपि बाह्र हजार मात्र) का दरले उपलब्ध गराइने छ ।
(११) जेहेन्दार छात्रवृत्ति : (१) नेपाल पुलिस स्कुलहरु बाहेक काठमाडौं उपत्यका तथा प्रदेश स्थित अन्य स्कूलहरुमा अध्ययनरत वहालवाला, अवकाश प्राप्त, अमर/सहिद तथा अशक्त जु.प्र.अ.दर्जाका प्रहरी कर्मचारीका सन्तति मध्ये सर्वोत्कृष्ट अंक हासिल गर्ने कक्षा ६ देखि ८ सम्म अध्ययनरत सन्ततिलाई वार्षिक रू.६,०००।– को दरले र कक्षा ९ र १० लाई बार्षिक रू.९,०००।- का दरले उपत्यकामा १० जना र प्रदेशमा १०/१० जनाको दरले जम्मा ८० जनालाई जेहेन्दार छात्रवृत्ति रकम उपलब्ध गराइनेछ ।
(२) नेपाल पुलिस स्कुलहरु बाहेक काठमाडौं उपत्यका तथा प्रदेश स्थित अन्य स्कूलहरुमा अध्ययनरत वहालवाला, अवकाश प्राप्त, अमर/सहिद तथा अशक्त प्रहरी कार्यालय सहयोगी देखि प्रहरी वरिष्ठ हवल्दार सम्मका कक्षा ६ देखि कक्षा ८ सम्म वार्षिक रू.६,०००।– तथा कक्षा ९ र कक्षा १० सम्म वार्षिक रू.९,०००।– का दरले वार्षिक रू. ३२ लाख ४ हजार रुपैयाँमा नबढ्ने गरी उच्च अंक (६०% वा सो भन्दा बढी) हासिल गर्ने ४५० जना सन्ततिहरुलाई जेहेन्दार छात्रवृत्ति रकम उपलब्ध गराइनेछ ।
(१२) उच्चशिक्षा छात्रवृत्ति : (१) प्रत्येक वर्षको SEE परीक्षामा उच्च अंक हासिल गर्ने वहालवाला, अवकाश प्राप्त, अमर/सहिद र अशक्त प्रहरीका सन्ततिलाई कक्षा ११/१२ अध्ययनको लागि लगातार दुई बर्षसम्म सामुदायिक र संस्थागत विद्यालयमा अध्ययन गर्ने ६१ जना सन्ततिलाई बार्षिक रू.१८,०००।– (अक्षरेपि अठार हजार मात्र) का दरले उच्चशिक्षा छात्रवृत्ति रकम दिइनेछ ।
(२) प्रत्येक वर्षको +२ कक्षाको परीक्षामा उच्च अंक हासिल गर्ने वहालवाला, अवकाश प्राप्त, अमर/सहिद र अशक्त प्रहरीका सन्ततिलाई स्नातक तह अध्ययनको लागि सामुदायिक र संस्थागत विद्यालयमा अध्ययन गर्ने ६१ जना सन्ततिलाई बार्षिक रू.१८,०००।– (अक्षरेपि अठार हजार मात्र) का दरले देहाय बमोजिमको कोटामा उच्चशिक्षा छात्रवृत्ति रकम दिइनेछ ।
(१३) उच्चशिक्षा प्रोत्साहन छात्रवृत्ति : शिक्षा मन्त्रालय, चिकित्सा शिक्षा आयोग वा नेपाल सरकारबाट मान्यता प्राप्त अन्य आयोग तथा सोही प्रकृतिका नेपाल सरकारवाट मान्यता प्राप्त निकायबाट लिएको परीक्षामा छात्रवृत्ति कोटामा छनोट भई (चिकित्साशास्त्र, पाइलट, चार्टड एकाउन्टेन्ट, इन्जिनियरीङ, नर्सिङ, Computer Science) विषयमा उच्च शिक्षा अध्ययनरत वहालवाला, अवकाश प्राप्त र अमर/अशक्त प्रहरीका सन्ततिलाई जनही रू.१,००,०००।– (अक्षरेपि एक लाख मात्र) का दरले प्रोत्साहन स्वरुप छात्रवृत्ति रकम उपलब्ध गराइनेछ ।
(१४) IPTF छात्रवृत्ति : सन् १९९२ मा United Nations’ International Police Task Force (IPTF) मिसन पुरा गरी फर्केर आएका नेपाल प्रहरीका अधिकृतहरुबाट स्वेच्छिक रुपमा एकमुष्ट USD १३,४५०।– (ने.रू. ७,८६,८४२।५५) जम्मा गरी खडा गरिएको IPTF छात्रवृत्ति कोषको व्याजबाट १० कक्षासम्म अध्ययन गर्नका लागि सो कोषको व्याज रकमबाट वार्षिक रू.६,०००/- (प्रति व्यक्ति) का दरले आर्थिक अवस्था कमजोर भएका द्वन्द्व पिडित अशक्त प्रहरी कर्मचारीका सन्ततिहरुलाई पहिलो प्राथमिकतामा राखी छात्रवृत्ति प्रदान गर्ने व्यवस्था रहेको छ । छनोटमा परेका सन्ततिले १० कक्षा पुरा नगरेसम्म लगातार छात्रवृत्ति रकम पाइरहने छन् तर अध्ययन गर्न छाडेमा वा अनुत्तीर्ण भएमा तत्पश्चात उक्त छात्रवृत्ति रकम दिइनेछैन ।
(१५) शैक्षिक वृत्ति/ छात्रवृत्ति उपलब्ध गराउने प्रक्रिया : शैक्षिक वृत्ति तथा छात्रवृत्ति वितरणको लागि देहाय बमोजिमको प्रक्रिया अवलम्वन गरिनेछ ।
(१) कल्याण महाशाखाले प्रहरी कार्यालयहरुसँग शैक्षिक वृत्ति/छात्रवृत्ति प्रदान गर्न सन्ततिको नामावली माग गरिने छ ।
(२) शैक्षिक वृत्ति/ छात्रवृत्ति प्राप्त गर्न नेपाल पुलिस स्कुलमा अध्ययनरत सन्ततिको हकमा सम्वन्धित विद्यालय मार्फत र अन्य विद्यालयमा अध्ययरत सन्ततिको हकमा सम्वन्धित जिल्ला प्रहरी कार्यालय मार्फत अनुसूची-९ बमोजिम निवेदन सहितका कागजातहरु पेश गर्नुपर्नेछ ।
(३) प्राप्त भएका निवेदन सहितका कागजातहरु स्वीकृतिको लागि नेपाल पुलिस स्कुल तथा जिल्ला प्रहरी कार्यालयले नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखामा पठाउनु पर्नेछ ।
(४) शैक्षिक वृत्ति, अशक्त छात्रवृत्ति र उच्चशिक्षा प्रोत्साहन छात्रवृत्तिको लागि प्राप्त नामावली बमोजिम र जेहेन्दार छात्रवृत्ति, उच्चशिक्षा छात्रवृत्ति र IPTF छात्रवृत्तिको लागि प्राप्त नामावली मध्ये प्राप्ताङ्कको योग्यता क्रमको आधारमा निर्धारित कोटा बमोजिम कल्याण महाशाखाबाट शैक्षिक वृत्ति/ छात्र वृत्ति प्राप्त गर्ने सन्ततिको नामावली छनोट गरिनेछ ।
(५) शैक्षिक वृत्ति/छात्रवृत्तिको लागि छनोट गरिएको नामावलीको आधारमा प्रहरीका सन्ततिलाई कल्याण महाशाखाबाट जारी गरिएको अनुसूची-१० बमोजिमको छात्रवृत्ति अधिकार-पत्र कल्याण महाशाखा/ विद्यालय/जिल्ला प्रहरी कार्यालय मार्फत उपलव्ध गराइने छ ।
(६) छात्रवृत्ति अधिकार पत्र प्राप्त गरेका सन्ततिलाई सम्वन्धित विद्यालय र जिल्ला प्रहरी कार्यालयले शैक्षिक वृत्ति/छात्रवृत्ति रकम वितरण गर्नेछ ।
(७) कल्याण महाशाखाले शैक्षिक वृत्ति/छात्रवृत्ति वितरण गरेको भरपाईका आधारमा सोधभर्ना रकम निकासा गरिनेछ ।
(१६) शैक्षिक वृत्ति/ छात्रवृत्तिका लागि पेश गर्नुपर्ने कागजात : शैक्षिक वृत्ति तथा छात्रवृत्ति प्राप्त गर्न देहाय बमोजिका कागजातहरु पेश गर्नुपर्नेछ ।
(१) तोकिए बमोजिमको ढाँचामा निवेदन ।
(२) जन्मदर्ता/ नागरिकता र नाता प्रमाणित पत्रको प्रतिलिपि ।
(३) अध्ययनरत विद्यालय/कलेजको सिफारिस पत्र ।
(४) लव्धाङ्क पत्र तथा चारीत्रिक प्रमाणपत्रको प्रतिलिपि ।
(५) सम्बन्धित विद्यार्थीको २ प्रति फोटो ।
(६) वहालवाला कर्मचारीका सन्ततिको हकमा कार्यरत प्रहरी कार्यालयको सिफारिस पत्र ।
(७) अमर/सहिद, अशक्त तथा अवकाश प्राप्त प्रहरी कर्मचारीका सन्ततिको हकमा अभिभावकको निवृत्तिभरण अधिकार पत्र, अमर/सहिद, अशक्त खुल्ने कागजात र नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
(८) उच्चशिक्षा प्रोत्साहन छात्रवृत्तिको हकमा शिक्षा मन्त्रालय, चिकित्सा शिक्षा आयोग वा नेपाल सरकारबाट मान्यता प्राप्त निकायबाट छात्रवृत्तिमा छनोट भएको प्रमाण कागजात ।
कल्याण कोष ज्येष्ठ प्रहरी भत्ता :
(१७) कल्याण कोष ज्येष्ठ प्रहरी भत्ता : (१) अवकाश भई निवृत्तिभरण अधिकार पत्र प्राप्त ७० वर्ष उमेर पुगेका प्रहरी कर्मचारीलाई (पुरुष मासिक रू.१,०००।- र महिला मासिक रू.१,५००।- का दरले) नेपाल प्रहरी कल्याण कोषको तर्फबाट कदर स्वरुप ज्येष्ठ प्रहरी भत्ता उपलब्ध गराइनेछ ।
(२) ज्येष्ठ प्रहरी भत्ता जुन सुकै समयमा दावी गरे पनि ७० बर्ष नाघेको मितिदेखि नै एकमुष्ट उपलव्ध गराइनेछ ।
(३) अवकाश प्राप्त प्रहरी कर्मचारीले कल्याण कोष ज्येष्ठ प्रहरी भत्ता प्राप्त गर्न अनुसूची-११ बमोजिमको निवेदन सहित निवृत्तिभरण अधिकार पत्र, नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र २ प्रति पासपोर्ट साइजको फोटो कल्याण महाशाखा वा सम्बन्धित जिल्ला प्रहरी कार्यालय मार्फत पेश गर्नुपर्नेछ ।
(४) प्राप्त कागजातको आधारमा कल्याण महाशाखाबाट ज्येष्ठ प्रहरी कर्मचारीको नाममा अनुसूची-१२ ज्येष्ठ प्रहरी भत्ता अधिकार पत्र जारी गरिनेछ । ज्येष्ठ प्रहरी भत्ता अधिकार पत्र प्राप्त ज्येष्ठ प्रहरी कर्मचारीलाई सम्वन्धित जिल्ला प्रहरी कार्यालयबाट अर्धवार्षिक रुपमा वितरण गरिनेछ । भरपाईका आधारमा कल्याण महाशाखाबाट सोधभर्ना निकासा गरिनेछ ।
(५) ज्येष्ठ प्रहरी भत्ता सम्बन्धित व्यक्तिको जीवनभर उपलब्ध गराइनेछ ।
स्वास्थ्य उपचार सेवा, आर्थिक सहयोग तथा अनुदान :
(१८) स्वास्थ्य उपचार सेवा (१) प्रदेश प्रहरी अस्पतालमा नेपाल प्रहरी अस्पतालमा र प्रदेश प्रहरी अस्पतालहरुबाट उपलब्ध स्वस्थ्य सेवा वहालवाला प्रहरी कर्मचारी सरह सेवा निवृत्त/अवकास प्राप्त प्रहरी कर्मचारी र अमर/सहिद प्रहरीका परिवारलाई र वहालवाला प्रहरीका परिवार सरह सेवा निवृत्त /अवकास प्राप्त प्रहरीका परिवारलाई उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।
(२) प्रदेश प्रहरी अस्पताल कल्याणकारी अक्षय कोषको मूलधन नमासिने गरी व्याज रकमबाट वहालवाला प्रहरी कर्मचारीका परिवार, अवकाश प्राप्त प्रहरी कर्मचारी तथा आश्रित परिवार एवं अमर/सहिद, अशक्त प्रहरीका परिवारको स्वास्थ्य उपचार तथा औषधीजन्य सामाग्री उपलव्ध गराइनेछ ।
(१९) औषधी उपचार अनुदान (अवकाश प्राप्त) : (१) अमर/सहिद प्रहरी कर्मचारीहरुका श्रीमान वा श्रीमती, निवृत्तिभरण सुविधा प्राप्त पूर्व प्रहरी कर्मचारीहरु आफैं वा आश्रित श्रीमान/श्रीमती मध्ये कसैलाई गम्भिर रोगको उपचार गर्नुपरेमा कुनै एकलाई एक पटकको लागि रू.२,००,०००।– (अक्षरेपि दुई लाख) अनुदान सहयोग प्रदान गरिनेछ ।
(२) अनुदान रकम प्राप्त गर्न नेपाल प्रहरी अस्पतालको मेडिकल बोर्डको निर्णय सहितको सिफारिस पत्र, सम्बन्धित व्यक्तिको निवेदन, निवृत्तिभरण अधिकार पत्र र नाता प्रमाणितको प्रतिलिपि पेश गर्नुपर्नेछ ।
(२०) औषधोपचार अनुदान (वहालवाला) : (१) कल्याणकारी कर्जा कार्यक्रम अन्तर्गत गम्भीर प्रकृतिका रोग लागेका वहालवाला प्रहरी कर्मचारीलाई नेपाल प्रहरी अस्पतालबाट गठित मेडिकल बोर्डको सिफारिसमा एक पटकको लागि रू.१,००,०००।- (अक्षरेपि एक लाख) र प्रहरी कर्मचारीको श्रीमान/श्रीमतीलाई रू.२,००,०००।- (अक्षरेपि दुई लाख) औषधोपचार अनुदान दिइनेछ ।
स्पष्टिकरण: गम्भीर प्रकृतिका रोग (असाध्य रोग) लागेका विरामी भन्नाले देहाय बमोजिम बुझिनेछ :
(क) मुटुरोग सम्बन्धी जटिल रोग लागी अस्वस्थ्य भई आजीवन नियमित औषधी उपचारमा रहेका, जटिल सल्यक्रिया गरेका, Valve फेरेका र धमिनी Bypass वा Stene हालेका वा Pacemaker जडान गरेको बिरामी ।
(ख) शरीरको कुनै पनि अंगमा Cancer भई शल्यक्रिया तथा केमोथेरामपी, रेडियोथेरापी वा दुवै गर्नुपर्ने वा गरिसकेका बिरामी ।
(ग) मष्तिस्क तथा मेरुदण्ड रोग लागी Thrombolysis वा Thrombectomy गर्नु परेमा अथवा मेरुदण्डको रोगहरु मध्ये कुनै पनि Injury जसले Permanent Disability (स्थायी अपाङ्गता) भएका बिरामी ।
(घ) श्रवण शक्तिमा ह्रास भई Hearing Aid Device आवश्यक भई प्रयोग गर्नुपर्ने बिरामी ।
(ङ) Parkinson रोग लागि उपचार गर्नुपर्ने बिरामी ।
(च) Diabetes, Hypertension वा कर्तव्य पालनाको सिलसिलामा कुनै पनि कारणले आँखामा चोट पटक लागेर अन्धोपन भएका विरामी ।
(२) औषधोपचार अनुदान प्राप्त गर्न देहाय बमोजिमका कागजातहरु पेश गर्नुपर्नेछ ।
(क) प्रहरी कर्मचारीले कल्याण महाशाखा वा नेपाल प्रहरी अस्पतामा निवेदन दिनुपर्नेछ ।
(ख) नेपाल प्रहरी अस्पतालबाट गठित मेडिकल बोर्डद्वारा कर्मचारीलाई गम्भिर रोग लागेको निर्णय सहितको सिफारिस पत्र ।
(ग) प्रहरी कर्मचारीको नागरिकताको प्रमाण पत्र, तिनपुस्ते अभिलेख, परिचय-पत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ।
(घ) कर्मचारीको श्रीमान/श्रीमतीको हकमा नाता खुल्ने कागजात र नागरिकताको प्रतिलिपि ।
(ङ) तोकिएका कागजातको आधारमा अनुदान रकम उपलव्ध गराइनेछ ।
(२१) मृत्यु राहत अनुदान : (१) प्रहरी कर्मचारीको जुनसुकै कारणबाट मृत्यु भएमा निजको हकवालालाई राहत स्वरुप निज प्रहरी कर्मचारीबाट कट्टी भएको योगदान रकमको साँवा र ब्याजमा थप गरी रू.३,००,०००।- (अक्षरेपि तीन लाख) सम्म नगद अनुदान दिइनेछ ।
(२) मृत्यु राहत अनुदान प्राप्त गर्न देहाय बमोजिम कागजातहरु पेश गर्नुपर्नेछ ।
(क) मृतक प्रहरी कर्मचारीको हकवालाको निवेदन ।
(ख) सम्वन्धित कार्यालयको प्रहरी कर्मचारीको मृत्यु खाली गरेको पत्र ।
(ग) मृत्यु दर्ता प्रमाण पत्र, मृतक तथा हकवालाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।
(घ) हकवाला श्रीमान/श्रीमती भएमा विवाह दर्ताको प्रतिलिपि तथा श्रीमान्/श्रीमतीको सम्वन्धमा स्थानीय निकायको सिफारीस पत्र
(ङ) हकवाला श्रीमान/श्रीमती बाहेक अन्य भएमा नजिकको हकवालासँगको नाता खुल्ने कागजात ।
(२२) किरियाकर्म खर्च अनुदान : (१) वहालवाला तथा अवकाशप्राप्त प्रहरी कर्मचारीको मृत्यु भएमा निजको नजिकको हकवालालाई प्रहरी कल्याण कोषबाट जिल्ला प्रहरी कार्यालय मार्फत रू.४०,०००।- (अक्षरेपि चालिस हजारमात्र) किरियाकर्म खर्च उपलव्ध गराइनेछ ।
(२) प्रहरी कर्मचारीको बसोबास रहेको प्रहरी एकाईले तत्काल रकम उपलव्ध गराई जिल्ला प्रहरी कार्यालय मार्फत कल्याण महाशाखाबाट सोधभर्ना हुनेछ ।
(३) यो सुविधा प्राप्त गर्न हकवालाको निवेदन, वहालवाला कर्मचारीको हकमा प्रहरी कार्यालयबाट मृत्यु खाली गरिएको पत्र, अवकाश प्राप्त प्रहरी कर्मचारीको हकमा निवृत्तिभरण अधिकार पत्रको प्रतिलिपि, मृत्यु दर्ताको प्रमाणपत्र, हकवालासँग नाता प्रमाणित प्रतिलिपि र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ ।
(२३) विवाह अनुदान : (१) कर्तव्यपालनाको सिलसिलामा वीरगति प्राप्त अमर/सहिद प्रहरीको एक जना छोरीको विवाहमा संस्थागत अभिभावकत्व बहन गर्दै प्रहरी कल्याण कोषबाट रू.५०,०००।- (अक्षरेपि पचास हजारमात्र) विवाह खर्च अनुदान उपलब्ध गराइनेछ ।
(२) विवाह अनुदान प्राप्त गर्न सम्वन्धित व्यक्तिले अमर/सहिद प्रहरी खुल्ने कागजात, अमर/सहिद प्रहरी र परिवारको नाता प्रमाणित, छोरीको नागरिकता तथा विवाहदर्ता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ ।
(२४) अन्य अनुदान सहयोग : स्वीकृत वार्षिक कार्यक्रममा समावेश नभएका विविध कारणले उत्पन्न हुन सक्ने परिस्थितीमा कुनै संस्था, वहालवाला तथा अवकाश प्राप्त प्रहरी कर्मचारी र तिनका परिवारको हितको लागि रु.१०,०००।– (अक्षरेपि दशहजारसम्म) महाशाखा प्रमुखले, २५,०००।– (अक्षरेपि पच्चिस हजारसम्म) सञ्चालक समितिका अध्यक्षले र सो भन्दा माथि सञ्चालक समितिको निर्णय बमोजिम अन्य अनुदान सहयोग उपलब्ध गराउन सकिनेछ ।
(२५) आर्थिक सहयोग : (१) दैवी प्रकोप तथा अन्य विपत्ति (भुकम्प, महामारी, आगलागी, बाढी पहिरो, दुर्घटना आदि) बाट क्षति भएमा आवश्यक प्रमाण कागजातका आधारमा वहालवाला, अवकाश प्राप्त प्रहरी कर्मचारी र अमर/अशक्त प्रहरीका परिवारलाई कल्याण कोषको स्वीकृत योजना बमोजिमको आर्थिक सहायता तत्काल दिइनेछ । यो सुविधा प्रहरी कल्याण कोष तथा सम्बन्धित उपत्यका/प्रदेश प्रहरी कार्यालयमा रहेको कोषबाट कल्याण महाशाखा प्रमुखको स्वीकृतिमा रू.१०,०००।– (अक्षरेपि दश हजारसम्म) उपलब्ध गराउन सकिनेछ ।
(२) आर्थिक सहयोग प्राप्त गर्न वहालवाला प्रहरी कर्मचारीको हकमा स्थानीय प्रहरी कार्यालयको मुचुल्का र कार्यरत प्रहरी कार्यालयको सिफारिस पेश गर्नुपर्ने, अवकाश प्राप्त प्रहरी कर्मचारी र अमर/अशक्त प्रहरीका हकमा स्थानीय प्रहरी कार्यालयको मुचुल्का र सम्वन्धित व्यक्तिको निवेदन सहित निवृत्तिभरण अधिकार पत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ ।
(२६) राहत सामान : सेवामा रहँदाको अवस्थामा सशस्त्र मुठभेड, आतंककारी विरुद्धको कारवाही, सवारी दुर्घटनामा घाइते भई वा अन्य रोग आदिबाट अशक्त भएका वहालवाला तथा अवकाश प्राप्त प्रहरी कर्मचारीहरुका लागि आवश्यकता अनुसार चारपाङ्ग्रे स्कुटर, कृत्रिम अंग (हातगोडा, पञ्जा तथा औंला लगायत) र श्रवण यन्त्र नि:शूल्क उपलब्ध गराइनेछ ।
(२७) राहत सामान वितरण प्रक्रिया : (१) अशक्त प्रहरी कर्मचारीको तथ्याङ्क संकलन गरी राहत सामान वितरणका लागि नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाबाट राहत सामान सिफारिस बोर्ड गठन गरिने छ ।
(२) हात खुट्टा नभएको/काटिएको लगायत प्रष्ट देखिने अशक्त प्रहरी कर्मचारीको हकमा यसै बोर्डको सिफारिस तथा नेपाल सरकार/स्थानीय निकायबाट जारी गरिएको अशक्तताको प्रमाण पत्रको आधारमा राहत सामान (चारपाङ्ग्रे स्कुटर, कृत्रिम अंग) उपलब्ध गराइनेछ ।
(३) अन्य अशक्त प्रहरी कर्मचारीको हकमा नेपाल प्रहरी अस्पताल मेडिकल वोर्डको निर्णय सहितको सिफारिस समितिको अशक्तता सिफारिस पत्र बमोजिम राहत सामान उपलब्ध गराइनेछ ।
(४) अशक्त राहत सामान प्राप्त गर्न प्रहरी कर्मचारीले कल्याण महाशाखा वा प्रहरी अस्पतालमा निवेदन दिन सक्नेछ ।
(५) राहत सामान सिफारिस बोर्ड देहाय बमोजिम रहनेछ ।
(क) प्रहरी उपरीक्षक नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखा
(ख) प्रहरी नायव उपरीक्षक नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभाग
(ग) प्रहरी नायव उपरीक्षक नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज (चिकित्सक)
किस्तावन्दी कर्जा कार्यक्रम :
(२८) किस्तावन्दी कर्जा : (१) यो कार्यक्रम अन्तर्गत वहालवाला प्रहरी कर्मचारीको लागि नयाँ/पुरानो चारपाङ्ग्रे हलुका सवारी साधन (कार/जिप), मोटरसाईकल/स्कुटर, कम्प्यूटर, ल्यापटप तथा अन्य घरायसी प्रयोजनका सामान (वासिङ मेसिन, ट्रेड मिल वा उस्तै प्रकृतिका शारीरिक अभ्यास गर्ने अन्य सामान, टेलिभिजन, फ्रिज (Refrigerator), एयर कन्डिसनर, माईक्रो ओभन लगायत) र निर्ब्याजी उपचार सापटी रकम उपलव्ध गराइनेछ ।
(२९) किस्तावन्दी कर्जा मापदण्ड : किस्तावन्दी कर्जा प्राप्त गर्न देहाय बमोजिमको मापदण्ड पुरा गर्नुपर्नेछ ।
(१) निवेदक वहालवाला प्रहरी कर्मचारी हुनुपर्दछ ।
(२) नयाँ/पुरानो चारपाङ्ग्रे हलुका सवारी साधन लिन ७ वर्ष सेवा अवधि पुरा भएका जुनियर प्रहरी अधिकृतदेखि माथीका प्रहरी कर्मचारी हुनुपर्दछ ।
(३) सवारी साधन (मोटरसाईकल/स्कुटर), कम्प्यूटर, ल्यापटप र अन्य घरायसी प्रयोजनको लागि तोकिएका सामानहरु तथा निर्ब्याजी उपचार सापटी लिन ५ वर्ष सेवा अवधि पुरा भई १ (एक) बर्ष बाँकी रहेको हुनुपर्दछ ।
(४) नयाँ/पुरानो चारपाङ्ग्रे हलुका सवारी साधन कार/जिपको हकमा निवेदकले खरिद गर्न चाहेको सवारी साधनको दरभाउपत्र (Quotation)/मूल्याङकनकर्ताले खुलाएको मूल्यको ७० प्रतिशत वा तोकिएको दर्जागत कर्जा रकममा नबढ्ने गरी कर्जा उपलब्ध गराइनेछ ।
(५) बिशेष कल्याणकारी कोष तथा किस्तावन्दी शाखाबाट कर्जा लिएका प्रहरी कर्मचारीलाई नयाँ/पुरानो चारपाङ्ग्रे हलुका सवारी साधन कर्जा उपलव्ध गराइने छैन ।
(६) बिशेष कल्याणकारी शाखाबाट घर निर्माण कर्जा र शैक्षिक कर्जा (मेडिकल, पाइलट वा अन्य यस्तै प्रकृतिका तुलनात्मक रुपमा ठूलो राशीको अध्ययन लागत लाग्ने) लिएका प्रहरी कर्मचारीलाई किस्तावन्दी कार्यक्रम अन्तर्गत कुनै पनि कर्जा उपलव्ध गराइने छैन ।
(७) किस्तावन्दी कर्जा कार्यक्रम अन्तर्गत सामान तथा उपकरणहरु खरिद गर्दा रू. २ लाखको सिमाभित्र रही सूचीकृत विक्रेताबाट एकमुष्ट खरिद गर्नुपर्नेछ ।
(८) सवारी साधन (चारपाङ्ग्रे/दुई पाङ्ग्रे) को कर्जा चुक्ता नहुँदासम्म प्रहरी कल्याण कोषको नाममा दर्ता कायम रहनेछ । सवारी साधनको दर्ता तथा वीमा पोलिसी नविकरण सम्बन्धी जिम्मेवारी ऋणी पक्षको हुनेछ ।
(९) कर्जाको सम्पूर्ण साँवा र व्याज चुक्ता भएपश्चात सम्बन्धित ऋणीको नाममा नामसारी गराउनु पर्नेछ ।
(१०) सवारी साधन (कार/जिप वा मोटरसाईकल/स्कुटर) कर्जा लिन इच्छुक प्रहरी कर्मचारी आफ्नै वा एकाघरको बावु/ आमा/ श्रीमान/ श्रीमती/ छोरा/ छोरीको सवारी चालक अनुमति पत्र र नाता खुल्ने कागजातको प्रमाणित प्रतिलिपी पेश गर्नुपर्नेछ ।
(११) पुरानो सवारी साधन लिन चाहने प्रहरी कर्मचारीले विक्रेताबाट खरिद गर्न चाहेको मूल्य खुल्ने आपसी समझादारी पत्र, सवारी दर्ता किताब, सवारी साधन खरिद गर्दाको भ्याट बिलको प्रतिलिपि सहितको निवेदन किस्तावन्दी शाखामा पेश गर्नुपर्नेछ ।
(१२) कर्मचारीको निवेदनको आधारमा किस्तावन्दी शाखाले सवारी महाशाखालाई मूल्याङ्कनको लागि पत्राचार गर्नेछ र सो को मूल्याङ्कन प्रतिवेदन किस्तावन्दी शाखामा पेश गर्नुपर्नेछ ।
(१३) पुरानो चारपाङ्ग्रे हलुका सवारी साधनको खरिदको लागि सवारी महाशाखाबाट प्राप्त मूल्याङ्कन रकमको ७० % वा दर्जागत रुपमा तोकिएको कर्जा रकम मध्ये घटी हुन आउने रकम उपलव्ध गराइनेछ ।
(१४) पुरानो चारपाङ्ग्रे हलुका सवारी साधनको मूल्याङ्कन देहाय बमोजिम हुनेछ ।
(क) प्रहरी कर्मचारीले खरिद गर्न चाहेको पुरानो चारपाङ्ग्रे हलुका सवारी साधनको खरिद गर्दाको भ्याट बिलको आधारमा देहाय बमोजिमको ह्रास कट्टी गरी सवारी महाशाखाबाट मूल्याङ्कन गरिनेछ ।
सि.न. |
सवारी साधनको आयू |
ह्रास कट्टी दर |
१. |
६ महिनादेखि १ बर्षभन्दा कम |
५ % |
२. |
१ बर्षदेखि २ बर्षभन्दा कम |
१०% |
३. |
२ बर्षदेखि ३ बर्षभन्दा कम |
१५% |
४. |
३ बर्षदेखि ४ बर्षभन्दा कम |
२५% |
५. |
४ बर्षदेखि ५ बर्षभन्दा कम |
३५% |
६. |
५ बर्षदेखि ७ बर्षसम्म |
४०% |
(ख) ६ महिनाभन्दा कम अवधि भएको सवारी साधनमा ह्रास कट्टी गरिने छैन ।
(ग) खण्ड (क) बमोजिमको ह्रास कट्टी पश्चात हुन आउने रकममा पुरानो चारपाङ्ग्रे सवारी साधनको भौतिक र चालु अवस्था तथा बजार मूल्यको आधारमा १०% देखि ४०% सम्म थप रकम कट्टा गरिनेछ ।
(घ) सवारी साधनको आयू सवारी दर्ता कितावमा उल्लेख भएको दर्ता मिति र निवेदकको निवेदन मिति अनुसार गणना गरिनेछ ।
(ङ) पुरानो चारपाङ्ग्रे हलुका सवारी साधन खरिद गर्ने प्रहरी कर्मचारीले बिक्रेता (व्यक्ति, रिकन्डिसन हाउस वा कम्पनी) सँग भएको खरिद मूल्य खुल्ने आपसी समझदारी पत्र पेश गर्नु पर्नेछ ।
(च) ७ (सात) बर्षभन्दा पुरानो चारपाङ्ग्रे हलुका सवारी साधनलाई कर्जा प्रवाह गरिने छैन । साथै सूचिकृत नभएका फर्म/कम्पनी वा व्यक्तिबाट खरिद गर्न समेत कर्जा उपलव्ध गराउन सकिनेछ ।
(१५) निर्ब्याजी उपचार सापटी देहाय बमोजिम उपलव्ध गराइनेछ ।
(क) वहालवाला प्रहरी कर्मचारी तथा परिवारलाई लागेको गम्भीर प्रकृतिको रोगको औषधोपचारका लागि २ (दुई) वर्षसम्म निर्ब्याजी उपचार सापटी उपलब्ध गराइनेछ । २ बर्षभित्र पटक-पटक वा एकमुष्ट रुपमा बुझाउन सक्नेछ । तोकिएको समय पश्चात बुझाउन बाँकी रहेको रकममा बार्षिक ६ % ब्याजदरले ३ बर्षभित्र ३६ (छत्तिस) किस्तामा चुक्ता गर्नुपर्नेछ ।
(ख) निर्ब्याजी उपचार सापटी लिन तोकिएको ढाँचामा निवेदन, नेपाल प्रहरी अस्पतालको मेडिकल बोर्डको निर्णय सहितको सिफारिस पत्र र परिवारको हकमा प्रहरी कर्मचारी र विरामी बीचको नाता खुल्ने कागजातको प्रतिलिपि पेश गर्नुपर्नेछ ।
(ग) बिशेष कल्याणकारी कोष तथा किस्तावन्दी शाखाबाट (नयाँ/पुरानो चारपाङ्ग्रे हलुका सवारी साधन वाहेक) कर्जा सुविधा लिएको भएमा अघिल्लो महिनासम्मको नियमित मासिक किस्ता भुक्तानी गरेको हुनुपर्नेछ ।
(३०) किस्तावन्दी कर्जा कार्यक्रमको विवरण : प्रहरी कल्याण कोषबाट उपलव्ध गराइने किस्तावन्दी कर्जाको रकम, ब्याजदर, किस्ता संख्या, मासिक किस्ता र कर्जा अवधि देहाय बमोजिम हुनेछ ।
क्र .सं |
विवरण |
कर्जा रकम (रू.) |
ब्याजदर |
किस्ता संख्या |
मासिक किस्ता रकम (रू.) |
अवधि (बर्ष) |
|
सवारी साधन |
|||||||
१. |
नयाँ/पुरानो चारपाङ्ग्रे (कार/जिप) |
जु.प्र.अ. को लागि |
१५ लाखसम्म |
६% |
१२० |
१६,६५३।- सम्म |
१० |
प्र.नि. देखि प्र.उ.को लागि |
२० लाखसम्म |
६% |
१२० |
२२,२०५।- सम्म |
१० |
||
प्र.व.उ. र प्र.ना.म.नि.को लागि |
२५ लाखसम्म |
६% |
१२० |
२७,७५६।- सम्म |
१० |
||
प्र.अ.म.नि.र प्र.म.नि.को लागि |
३० लाखसम्म |
६% |
१२० |
३३,३०७।- सम्म |
१० |
||
२. |
मोटरसाईकल/स्कुटर |
३ लाखसम्म |
६% |
७२ |
४,९७२।- सम्म |
६ |
|
३. |
कम्प्यूटर, ल्यापटप तथा घरायसी प्रयोजनका सामानहरु (टेलिभिजन/ फ्रिज/एयर कन्डिसनर/ माईक्रो ओभन/वासिङ मेसिन/ट्रेड मिल वा उस्तै प्रकृतिका शारीरिक अभ्यास गर्ने अन्य सामान) |
२ लाखसम्म |
५% |
३६ |
५,९९५।- सम्म |
३ |
|
४. |
निर्ब्याजी उपचार सापटी |
३ लाखसम्म |
६% (२ बर्षपछि) |
३६ |
९,१२७।- सम्म |
३ |
(३१) किस्तावन्दी कर्जा उपलब्ध गराउने प्रक्रिया : (१) प्रहरी कर्मचारीले चाहेको बिक्रेताबाट किस्तावन्दीमा खरिद गर्न छनोट गरेको सवारी साधन (चारपाङ्ग्रे/दुईपाङग्रे), सामान तथा उपकरणको स्पेशिफिकेशन (मोडल, प्रकार, रङ) र मूल्य खुलेको दरभाउ-पत्र, सवारी साधनको हकमा सवारी चालक अनुमति पत्र सहित अनुसूची -१३ तथा पुरानो चारपाङ्ग्रे हलुका सवारी साधनको हकमा अनुसूची -१४ बमोजिम निवेदन र अनुसूची -१५ बमोजिमको तमसुक भरी Integrated Police Welfare Information System मा अनलाइन आवेदन गर्नुपर्नेछ ।
(२) निर्ब्याजी उपचार सापटीको लागि नेपाल प्रहरी अस्पतालको मेडिकल बोर्डको निर्णय सहितको सिफारिस पत्र एवं परिवारको हकमा प्रहरी कर्मचारी र विरामी वीचको नाता खुल्ने कागजातको प्रतिलिपि सहित अनुसूची-१६ बमोजिमको निवेदन र अनुसूची-१७ बमोजिम तमसुक भरी Integrated Police Welfare Information System मा अनलाइन आवेदन गर्नुपर्नेछ ।
(३) सम्वन्धित कर्मचारीको दरवन्दी कार्यालयको लेखा शाखाले प्राप्त भएको अनलाईन आवेदन रुजु गरी स्वीकृत गर्नु पर्नेछ ।
(४) उक्त आवेदन किस्तावन्दी शाखाले रुजु गरी स्वीकृत गरे पश्चात सम्वन्धित कर्मचारीलाई अनुसूची-१८ बमोजिमको सामान निकासा अनुरोध पूर्जी जारी गर्नु पर्नेछ ।
(५) सम्बन्धित विक्रेताले सामान निकासा अनुरोध पुर्जी बमोजिम प्रहरी कर्मचारीलाई भरपाई गरी सामान उपलब्ध गराउनु पर्नेछ ।
(६) सामान बुझाएको भरपाई र विल समेत संलग्न राखी पेश गरेको कागजातका आधारमा किस्तावन्दी शाखाले विक्रेतालाई चेक मार्फत भुक्तानी गरे पश्चात ऋणी कायम गरी तलव खर्च लेख्ने सम्वन्धित प्रहरी कार्यालयलाई मासिक किस्ता कट्टी गर्न पत्राचार गर्नु पर्नेछ ।
(७) किस्तावन्दी कर्जामा उपलव्ध गराइएको नयाँ/पुरानो सवारी साधन प्रहरी कल्याण कोषको नाममा रहनेछ । साँवा र व्याज चुक्ता गरे पश्चात तोकिएको यातायात व्यवस्था कार्यालयहरुमा खटाइएका प्रतिनिधि मार्फत सम्वन्धित कर्मचारीको नाममा नामसारी गरिनेछ ।
(३२) किस्तावन्दी कर्जा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु : किस्तावन्दी कर्जा प्राप्त गर्न देहाय बमोजिका कागजातहरु पेश गर्नुपर्नेछ ।
(१) तोकिए बमोजिमको ढाँचामा निवेदन ।
(२) किस्तावन्दीमा खरिद गर्न छनोट गरेको सवारी साधन (चारपाङ्ग्रे/दुईपाङग्रे), सामान तथा उपकरणको स्पेशिफिकेशन (मोडल, प्रकार, रङ) र मूल्य खुलेको दरभाउपत्र ।
(३) सवारी साधनको हकमा सवारी चालक अनुमति पत्रको प्रतिलिपि ।
(४) पुरानो चारपाङ्ग्रे हलुका सवारी साधन खरिद गर्ने प्रहरी कर्मचारीले बिक्रेता (व्यक्ति, रिकन्डिसन हाउस वा कम्पनी) सँग भएको खरिद मूल्य खुल्ने आपसी समझदारी पत्र, सवारी दर्ता किताब, सवारी साधन खरिद गर्दाको भ्याट बिलको प्रतिलिपि सहितको निवेदन ।
(५) निर्ब्याजी उपचार सापटी लिन नेपाल प्रहरी अस्पतालको मेडिकल बोर्डको निर्णय सहितको सिफारिस पत्र र परिवारको हकमा प्रहरी कर्मचारी र विरामी वीचको नाता खुल्ने कागजातको प्रतिलिपि ।
बिशेष कल्याणकारी कोष :
(३३) बिशेष कल्याणकारी कोष : (१) प्रहरी कर्मचारीलाई सहुलियत ब्याजदरमा कर्जा तथा अनुदान वितरण गर्नको लागि वहालवाला प्रहरी कर्मचारीहरुको तलबबाट मासिक रुपमा निश्चित रकम कट्टा गरी जम्मा भएको रकमबाट “बिशेष कल्याणकारी कोष, २०६९” देखि शुरुवात गरिएको हो । यो कोषलाई कर्मचारीले सेवाबाट अलग हुँदा साँवा र ब्याज एकमुष्ट फिर्ता पाउने गरी अवकाश कोषको रुपमा सञ्चालन गरिएको छ । यस अन्तर्गत सहुलियत कर्जा, घर निर्माण कर्जा, शैक्षिक कर्जा, औषधोपचार कर्जा/अनुदान तथा मृत्यु राहत अनुदान लगायतका कार्यक्रमहरु सञ्चालनमा रहेका छन् ।
(३४) कर्जा वितरण मापदण्ड : बिशेष कल्याणकारी कर्जा कार्यक्रमहरु प्राप्त गर्न देहाय बमोजिमका मापदण्ड पूरा गरी तोकिए बमोजिमका कागजातहरु संलग्न गरी आफूले लिन चाहेको कर्जाको लागि अनुसूची-२० बमोजिमको ढाँचामा निवेदन, अनुसूची -२१ बमोजिमको कर्जा तमसुक भरी अनलाइन मार्फत आवेदन दिनुपर्नेछ ।
(१) सहुलियत कर्जा : (क) यो कर्जा प्राप्त गर्न प्रहरी कर्मचारीको सेवा अवधि कम्तीमा ७ (सात) वर्ष पूरा भएको र २ (दुई) वर्ष सेवा अवधि बाँकी रहेको हुनुपर्नेछ ।
(ख) किस्तावन्दी शाखाबाट चारपाङ्ग्रे सवारी साधन लिएको भएमा सम्पूर्ण साँवा ब्याज भुक्तानी गरिसकेको हुनुपर्नेछ ।
(२) घर निर्माण कर्जा : (क) यो कर्जा प्राप्त गर्न प्रहरी कर्मचारीको सेवा अवधि कम्तिमा १० (दश) वर्ष पूरा भएको र २ (दुई) वर्ष सेवा अवधि बाँकी रहेको हुनुपर्नेछ ।
(ख) बिशेष कल्याणकारी कोषबाट अन्य कर्जा सुविधा लिएको प्रहरी कर्मचारीले यो कर्जा लिन पाउने छैन ।
(ग) किस्तावन्दी शाखाबाट चारपाङ्ग्रे सवारी साधन लिएको भएमा सम्पूर्ण साँवा ब्याज भुक्तानी गरिसकेको
हुनुपर्नेछ ।
(घ) घर निर्माण गरिने जग्गा प्रहरी कर्मचारी आफ्नै वा श्रीमान/श्रीमतीको नाममा रहेको हुनुपर्नेछ ।
(३) औषधोपचार कर्जा : (क) यो कर्जा ५ (पाँच) वर्ष पूरा भएको र २ (दुई) वर्ष सेवा अवधि बाँकी रहेका प्रहरी कर्मचारीलाई उपलव्ध गराइनेछ ।
(ख) किस्तावन्दी शाखाबाट चार पाङ्ग्रे सवारी साधन कर्जा लिएको प्रहरी कर्मचारीले यो कर्जा लिन पाउने छैन ।
(४) शैक्षिक कर्जा : (क) यो कर्जा १० (दश) वर्ष सेवा अवधि पूरा भएका वहालवाला प्रहरी कर्मचारीका सन्ततिलाई उपलव्ध गराइनेछ ।
(ख) मेडिकल, पाईलट वा अन्य यस्तै प्रकृतिका तुलनात्मक रुपमा ठूलो राशीको अध्ययन लागत लाग्ने शैक्षिक कर्जाको हकमा किस्तावन्दी शाखाबाट सवारी साधन (दुई/चार पाङ्ग्रे) कर्जा र कल्याणकारी शाखाबाट कुनै पनि सुविधा नलिएको हुनु पर्नेछ ।
(ग) CA, ईन्जिनियरिङ, स्टाफ नर्स, कृषि र सूचना प्रविधि शैक्षिक कर्जाको हकमा किस्तावन्दी शाखाबाट चारपाङ्ग्रे सवारी साधन कर्जा र बिशेष कल्याणकारी कोषबाट कुनै पनि कर्जा सुविधा नलिएको हुनु पर्नेछ ।
(३५) कल्याणकारी कर्जा कार्यक्रमको विवरण : वहालवाला प्रहरी कर्मचारीलाई वितरण गरिने कर्जा रकम, ब्याजदर, किस्ता संख्या, मासिक किस्ता, कट्टी रकम र अवधि देहाय बमोजिम हुनेछ ।
क्र .सं |
विवरण |
कर्जा रकम |
वार्षिक ब्याजदर |
किस्ता संख्या |
मासिक किस्ता रकम |
अवधि |
|
१ |
सहुलियत कर्जा |
रू. ४ लाख |
७% |
६० |
७९२०।- |
५ वर्ष |
|
२ |
घर निर्माण कर्जा |
रू.१०लाख |
७% |
१२० |
११,६११।- |
१० बर्ष |
|
३ |
औषधोपचार कर्जा (१० लाख भन्दा माथि खर्च हुने) |
रू.७ लाख |
६% |
६० |
१३,५३३।- |
५ बर्ष |
|
औषधोपचार कर्जा (५ लाखभन्दा माथि रू.१० लाखसम्म खर्च हुने) |
रू. ५ लाख |
६% |
६० |
९६६६।- |
५ बर्ष |
||
४ |
शैक्षिक कर्जा (मेडिकल/पाइलट वा यस्तै प्रकृतिका अन्य) |
रू.१५ लाख |
७% |
१२० |
१७,४१७।- |
१० बर्ष |
|
शैक्षिक कर्जा (CA, ईन्जिनियरिङ, स्टाफ नर्स, कृषि र सूचना प्रविधि) |
रू. ५ लाख |
७% |
६० |
९,९००।- |
५ बर्ष |
(३६) कर्जा उपलब्ध गराउने प्रक्रिया : विशेष कल्याणकारी कोषबाट वितरण गरिने कर्जा प्रवाह कार्यलाई सरल, व्यवस्थित एवं प्रभावकारी बनाउन एकीकृत सफ्टवेयर मार्फत देहाय बमोजिम गर्नु पर्नेछ ।
(१) कर्जा माग गर्ने प्रहरी कर्मचारीले लिन चाहेको कर्जाको लागि आवश्यक कागजात तोकिए बमोजिमको ढाँचामा निवेदन र कर्जा तमसुक फारम भरी Integrated Police Welfare Information System मा अनलाइन आवेदन दिनुपर्नेछ ।
(२) सम्वन्धित कर्मचारीको दरवन्दी कार्यालयको लेखा शाखाले रुजु गरी प्राप्त भएको अनलाईन आवेदन स्वीकृत गर्नु पर्नेछ ।
(३) कर्जाको लागि सम्वन्धित प्रहरी कर्मचारीबाट सफ्टवेयरमा प्राप्त भएका निवेदन सहितका कागजात लेखा शाखाले रुजु गरी बिशेष कल्याणकारी कोषमा पठाउनु पर्नेछ ।
(४) बिशेष कल्याणकारी शाखाले प्राप्त कागजात रुजु गरी कर्जा स्वीकृतिको लागि प्रक्रिया अगाडी बढाउनु पर्नेछ ।
(५) कर्जा स्वीकृत भए पश्चात सम्बन्धित कर्मचारीको खाता मार्फत कर्जा निकासा दिने र मासिक किस्ता संकलनको लागि सम्बन्धित प्रहरी कार्यालयलाई कर्जा सम्बन्धी पत्राचार गर्नु पर्नेछ ।
(६) सम्बन्धित लेखा शाखाले ऋणीको कर्जा बाँकी रहे/नरहेको, नियमित किस्ता कट्टी भए/नभएको सम्वन्धमा एकिन गरी मासिक कट्टी रकम नियमित गराउनु पर्नेछ ।
(३७) कर्जा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु : मापदण्ड पूरा गरेका प्रहरी कर्मचारीहरुले बिशेष कल्याणकारी कर्जा प्राप्त गर्न तोकिए बमोजिको ढाँचामा निवेदन र कर्जा तमसुक सहित देहाय बमोजिका कागजातहरु पेश गर्नुपर्नेछ ।
(क) सहुलियत कर्जाः तोकिए बमोजिको ढाँचामा निवेदन र कर्जा तमसुक ।
(ख) घर निर्माण कर्जा : जग्गाधनी प्रमाणपूर्जा, जग्गा श्रीमान/श्रीमतीको नाममा भए जग्गाधनीको मञ्जुरीनामा, विवाह-दर्ता वा नाता प्रमाणित, घर- नक्सा पासको प्रतिलिपि, घर निर्माण स्थायी इजाजत-पत्र, घर-नक्सा पास गर्दा लाग्ने राजस्व तिरेको भौचर र प्लिन्थ (Plinth) लेभलसम्मको निर्माण सम्पन्न गरेको फोटो तथा तला थप गर्नुपर्ने अवस्थामा घर-नक्सा पास भएको मितिले २ (दुई) बर्षभन्दा बढी समयावधि भएमा घर निर्माण इजाजत नविकरण र राजस्व बुझाएको भौचर प्रतिलिपि ।
(ग) औषधोपचार कर्जा : नेपाल प्रहरी अस्पताल मेडिकल वोर्डको सिफारिस पत्र, उपचारमा लाग्ने अनुमानित खर्च रकम खुल्ने कागजात, परिवारको हकमा नाता खुल्ने कागजात, नागरिकताको प्रमाणपत्र, विवाह दर्ता वा जन्म दर्ताको प्रतिलिपि ।
(घ) शैक्षिक कर्जा: मान्यता प्राप्त शैक्षिक संस्थाबाट +2 वा सो सरह उर्तिण भएको शैक्षिक प्रमाण पत्र, तोकिएको विषयमा भर्ना भएको खुल्ने कागजात, अध्ययन शूल्क खुल्ने कागजात, सन्नततिको नागरिकता/ नाता प्रमाणित वा जन्मदर्ताकोप्रतिलिपि ।
कोषबाट सञ्चालन हुने सेवामूलक तथा आयमूलक कार्यहरु :
(३८) नेपाल प्रहरी पेट्रोल : नेपाल प्रहरीका सवारी साधनहरु तथा प्रहरी कर्मचारीलाई सरल र सहज रुपमा इन्धन आपुर्ति गराउन तथा विशेष परिस्थितिमा समेत ईन्धनको आवश्यकता पुर्ति गर्न काठमाडौं लगायत निम्न स्थानमा प्रहरी कल्याण कोष पेट्रोल पम्पहरु सञ्चालन गरिएको छ ।
सि.नं. |
स्थान |
(१) |
प्रहरी कल्याण कोष,पेट्रोल पम्प नक्साल, काठमाण्डौ |
(२) |
प्रहरी कल्याण कोष,पेट्रोल पम्प सामाखुसी, काठमाण्डौ |
(३) |
प्रहरी कल्याण कोष,पेट्रोल पम्प पथलैया, बारा |
(४) |
प्रहरी कल्याण कोष,पेट्रोल पम्प भरतपुर, चितवन |
(५) |
प्रहरी कल्याण कोष,पेट्रोल पम्प कदमाहा, सप्तरी |
(६) |
प्रहरी कल्याण कोष,पेट्रोल पम्प कोहलपुर, वाँके |
(७) |
प्रहरी कल्याण कोष,पेट्रोल पम्प धनगढी, कैलाली |
(८) |
प्रहरी कल्याण कोष,पेट्रोल पम्प पोखरा, कास्की (निमार्णाधीन) |
(९) |
प्रहरी कल्याण कोष,पेट्रोल पम्प कावासोती, नवलपरासी “बर्दघाट सुस्तापूर्व” (निमार्णाधीन) |
(३९) नेपाल पुलिस हेल्थ क्लब: वहालवाला तथा अवकाश प्राप्त प्रहरी कर्मचारी र परिवार तथा अमर/सहिद प्रहरीका परिवार र सर्वसाधारण समेतको लागि शारीरिक तन्दुरुस्ती तथा मनोरञ्जनका लागि २०५९ साल देखि काठमाण्डौं भृकुटीमण्डपमा नेपाल पुलिस क्लव स्थापना भई निम्न अनुसारको सेवा सुविधाहरु उपलव्ध गराइनेछ ।
1. ALL EVENTS MEMBERSHIP |
||||
Membership Hours: 6:00 AM to 11:00 AM , 3:30 PM to 7:00 PM |
||||
Category |
Monthly |
Quarterly |
Bi-Annual |
Annual |
Single |
19,950 |
39,900 |
59,850 |
79,800 |
Couple |
26,600 |
53,200 |
79,800 |
106,400 |
Police |
4,985 |
9,975 |
14,960 |
19,950 |
Police Family |
9,975 |
19,950 |
29,925 |
39,900 |
Disabled |
9,975 |
19,950 |
29,925 |
39,900 |
Students |
12,965 |
25,935 |
38,900 |
51,870 |
Govt. Staff |
14,965 |
29,925 |
44,885 |
59,850 |
2.SWIMMING MEMBERSHIP |
||||
Category |
Monthly |
Quarterly |
Bi-Annual |
Seasonal |
Single |
5,550 |
11,100 |
16,650 |
22,200 |
Couple |
9,775 |
19,550 |
29,325 |
79,800 |
Family |
18,870 |
37700 |
56,570 |
75,440 |
Police |
1,385 |
2,775 |
4,165 |
5,550 |
Police Family |
2,775 |
5,550 |
8,325 |
11,100 |
Disabled |
2,775 |
5,550 |
8,325 |
11,100 |
Students |
3,600 |
7,215 |
10,820 |
14,430 |
Govt. Staff |
4,165 |
8,325 |
12,485 |
16,650 |
3.GYMMEMBERSHIP |
||||
Category |
Monthly |
Quar terly |
Bi-Annual |
Annual |
Single |
2,000 |
5,100 |
8,670 |
14,740 |
Couple |
3,000 |
7,650 |
15,300 |
30,600 |
Family |
11,970 |
23,940 |
33,250 |
46,550 |
Police |
500 |
1,275 |
2,165 |
3,685 |
Police Family |
1,000 |
2,520 |
4,335 |
7,370 |
Disabled |
1,000 |
2,520 |
4,335 |
7,370 |
Students |
1,300 |
3,315 |
5,635 |
9,580 |
Govt. Staff |
1,500 |
3,825 |
6,500 |
11,055 |
4. SAUNA MEMBERSHIP |
||||
Category |
Monthly |
Quarterly |
Bi-Annual |
Annual |
Single |
6,000 |
11,400 |
18,240 |
31,650 |
Couple |
9,600 |
19,380 |
32,945 |
52,710 |
Family |
18,720 |
31,825 |
54,100 |
86,560 |
Police |
1,500 |
2,850 |
4,560 |
7,915 |
Police Family |
3,000 |
5,700 |
9,120 |
15,825 |
Disabled |
3,000 |
5,700 |
9,120 |
15,825 |
Students |
3,900 |
7,410 |
11,855 |
20,575 |
Govt. Staff |
4,500 |
8,550 |
13,680 |
23,740 |
5.SWIMMING TRAINING CHARGE |
||||
Category |
Per Day Visit |
Weekly |
Fort night |
Monthly |
Single |
500 |
2,975 |
5,100 |
11,450 |
Group (10 Or More) |
450/ Per Person |
3,150 |
4,850 |
9,450 |
10 above students of same school/college |
380/Per Person |
2,450 |
4,850 |
9,850 |
6. INDIVIDUAL EVENTS CHARGE |
|||||
Event |
Normal |
Student |
Police Staff |
Police Family |
Disabled |
Swimming |
300 |
195 |
75 |
150 |
150 |
All Events |
1200 |
780 |
300 |
600 |
600 |
7.INDIVIDUAL EVENTS CHARGE |
||||||
Event |
Normal |
Student |
Police Staff |
Police Family |
Disabled |
Gov. Staff |
Gym |
200 |
130 |
50 |
100 |
100 |
150 |
All Events |
1200 |
780 |
300 |
600 |
600 |
900 |
8. INDIVIDUAL EVENTS CHARGE |
||||||
Event |
Normal |
Student |
Police Staff |
Police Family |
Disabled |
Gov. Staff |
Sauna |
500 |
335 |
125 |
250 |
250 |
375 |
All Events |
1200 |
780 |
300 |
600 |
600 |
900 |
9.ANY TWO FACILITIES (GYM, SAUNA JACUZZI & SWIMMING) |
||||
Category |
Monthly |
Quarterly |
Bi-Annual |
Seasonal |
Single |
8,500 |
15,550 |
26,435 |
44,940 |
Couple |
14,450 |
28,900 |
49,130 |
78,610 |
Family |
27,200 |
48,960 |
78,335 |
1,17,504 |
Police |
2,125 |
3,890 |
6,610 |
11,235 |
Police Family |
4,250 |
7,775 |
13,218 |
22,470 |
Disabled |
4,250 |
7,775 |
13,218 |
22,470 |
Students |
5,525 |
10,110 |
17,185 |
29,210 |
Govt. Staff |
6,375 |
11,665 |
19,830 |
33,705 |
10.ANYTHREE FACILITIES (GYM, SAUNA JACUZZI & SWIMMING) |
||||
Category |
Monthly |
Quarterly |
Bi-Annual |
Seasonal |
Single |
12,750 |
20,400 |
32,640 |
52,220 |
Couple |
19,125 |
32,510 |
55,271 |
88,434 |
Family |
40,800 |
65,280 |
97,920 |
1,56,672 |
Police |
3,190 |
5,100 |
8,160 |
13,055 |
Police Family |
6,375 |
10,200 |
16,320 |
26,110 |
Disabled |
6,375 |
10,200 |
16,320 |
26,110 |
Students |
8,285 |
13,260 |
21,215 |
33,940 |
Govt. Staff |
9,565 |
15,300 |
24,480 |
39,165 |
माथिका प्रस्तावित सेवा शुल्कमा देहाय बमोजिको सुविधा सहितको सेवा शुल्क समायोजन गरिएको छ ।
१. सेवानिवृत्त र वहालवाला प्रहरी कर्मचारीलाई सम्पूर्ण सेवा सुविधामा ७५% र तिनका परिवारलाई सबै सदस्यतामा ५०% छुट दिइनेछ ।
२. एउटै स्कूल वा कलेजका १० वा सोभन्दा बढी विद्यार्थीको समूहमा पौडी खेल्न आएमा ५०% छुट दिइनेछ र छुट प्राप्त गर्न विद्यार्थी र कर्मचारीहरूको लागि परिचयपत्र अनिवार्य हुनेछ । ५० भन्दा बढी विद्यार्थी समूहले प्रति घण्टा प्रति व्यक्ति रू १००/- रुपैयाँमा पौडी खेल्ने सुविधा प्रयोग गर्न सक्नेछन ।
३. नेपाल सरकारका सबै कर्मचारीहरूलाई सेवा सुविधामा २५% छुट दिइनेछ ।
४. अपाङ्गता भएका व्यक्तिहरूलाई सबै सुविधामा ५०% छुट प्रदान गरिनेछ ।
नोटः वहालवाला, पूर्व प्रहरी कर्मचारी,अमर/सहिद प्रहरी परिवारलाई माथिको अतिरिक्त जु.प्र.अ.देखि प्र.का.स. सम्मलाई प्रत्येक शुक्रवार दिनको १५:०० बजेदेखि १९:०० बजेसम्म र सि.प्र.अ.को हकमा प्रत्येक शनिवार बिहान ११:०० बजेसम्म निःशुल्क हुनेछ ।
(४०) नेपाल पुलिस स्कूल : वहालवाला तथा अवकास प्राप्त प्रहरी कर्मचारी, अशक्त प्रहरी कर्मचारी र अमर/सहिद प्रहरी तथा सर्वसाधारणका सन्तति समेतलाई सुलभ र सरल रुपमा गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि नेपाल प्रहरीबाट प्रादेशिक संरचना अनुरुप निम्न स्थानहरुमा नेपाल पुलिस स्कुलहरु सञ्चालन गरिएको छ ।
सि.नं. |
विद्यालयको नाम |
स्थापना मिति |
कक्षा सञ्चालन |
१. |
नेपाल पुलिस स्कुल, साँगा, काभ्रे |
२०४०/११/१२ |
कक्षा ४ देखि +2 सम्म (विज्ञान र व्यवस्थापन) |
२. |
नेपाल पुलिस स्कुल, घोराही, दाङ |
२०४१/१०/२० |
कक्षा नर्सरी देखि +2 सम्म (व्यवस्थापन ) |
३. |
नेपाल पुलिस स्कुल, बेलचौतारा, तनहुँ |
२०४१/१२/१५ |
कक्षा नर्सरी देखि कक्षा १० सम्म |
४. |
नेपाल पुलिस स्कुल, धनगढी, कैलाली |
२०४२/०१/०३ |
कक्षा नर्सरी देखि कक्षा १० सम्म |
५. |
नेपाल पुलिस स्कुल, धरान, सुनसरी |
२०४५/११/०६ |
कक्षा नर्सरी देखि +2 सम्म (व्यवस्थापन) |
६. |
नेपाल पुलिस स्कुल, सामाखुसी, काठमाडौं |
२०५५/०३/१३ |
कक्षा नर्सरी देखि +2 सम्म ( व्यवस्थापन र मानविकी) |
७. |
नेपाल पुलिस स्कुल, गरुडा, रौतहट |
२०५८/१२/१० |
कक्षा नर्सरी देखि +2 सम्म (व्यवस्थापन) |
८. |
नेपाल पुलिस स्कुल, शान्तिपुर, चितवन |
२०७५/१०/२९ |
कक्षा १ देखि कक्षा १० सम्म |
९. |
नेपाल पुलिस स्कुल, विरेन्द्रनगर, सुर्खेत |
२०७५/१२/१४ |
कक्षा नर्सरी देखि कक्षा ९ सम्म |
(४१) आवास सुविधा (१) प्रहरी कल्याण कोषद्वारा सञ्चालित काठमाडौं सामाखुशी स्थित नेपाल प्रहरीका सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा प्र.का.स देखि प्र.व.ह. सम्मको लागि आलोपालो उपभोग गर्न पाउने गरी निम्न अनुसारको आवास सुविधा उपलब्ध गराउन प्रहरी आवास गृहहरु सञ्चालनमा रहेको छ ।
१. प्र.ना.उ - ४ परिवार
२. प्र.नि. - १२ परिवार
३. जु.प्र.अ. - ६ परिवार
४. प्र.ह./प्र.ज. - १४ परिवार
(आवास सुबिधा उपभोग गरे बापत आवास भवनहरुको मर्मत संभार प्रयोजनका लागि शुरु तलब स्केलको सि.प्र.अ.ले २०% र जु.प्र.अ. तथा जवानले १५% प्रत्येक महिना कल्याण महाशाखामा आवास भाडा बुझाउनु पर्नेछ ।)
(४२) प्रहरी अतिथि गृह काठमाडौंको भृकुटीमण्डप र नेपालगञ्जको धम्बोझीमा वहालवाला तथा अवकाशप्राप्त प्रहरी अधिकृत तथा जवानहरु, तिनका परिवार र अमर/सहिद प्रहरी परिवारहरुका लागि न्यूनतम शुल्कमा आवास सुविधा उपलब्ध गराइनेछ। प्रहरी अस्पतालमा उपचारर्थ आउने अवकाशप्राप्त ज्येष्ठ प्रहरी कर्मचारीको लागि ज्येष्ठ प्रहरी अतिथि गृह रहेको छ ।
क) काठमाण्डौ भृकुटीमण्डप स्थित अतिथि गृहको शुल्क दर :
सि.नं |
विवरण |
कोठासं. |
बेड सं. |
प्रति बेड प्रति दिनको शुल्क |
कैफियत |
१ |
प्र.उ. को लागि |
१ |
१ |
रु.५००।- |
Attached Bathroom |
२ |
प्र.ना.उ. को लागि |
२ |
२ |
रु.५००।- |
|
३ |
प्र.नि.को लागि |
२ |
२/२ |
रु.४००।- |
|
४ |
जु.प्र.अ. को लागि |
६ |
१२ |
रु.३००।- |
|
५ |
प्र.ब.ह.देखि प्र.का.स.सम्म |
६ |
१२ |
रु.२००।- |
ख) नेपालगंज धम्बोजी स्थित अतिथि गृहको शुल्क दर :
सि.नं |
विवरण |
कोठासं. |
बेड सं. |
प्रति बेड प्रति दिनको शुल्क |
कैफियत |
१ |
प्र.उ. वा सो भन्दा माथी |
१ |
१ |
रु.३००।- |
Attached Bathroom, A/C |
२ |
सि.प्र.अ. को लागि |
१ |
२ |
रु.२००।- |
|
३ |
जु.प्र.अ. को लागि |
१ |
७ |
रु.१००।- |
A/C |
४ |
प्र.ब.ह. देखि प्र.का.स.सम्म |
१ |
७ |
रु.५०।- |
A/C |
५ |
परिवार सहितको लागि |
१ |
३ |
रु.१००।- |
|
६ |
कमन रुम प्रति वेड |
१ |
४ |
रु.५०।- |
ग) नेपाल प्रहरी अस्पताल परिसरभित्र रहेको ज्येष्ठ प्रहरी अतिथि गृहको प्रतिदिन प्रति वेडको शुल्क निम्नानुसार रहेकोछ ।
१. सगरमाथा कक्ष ............ रु.७००।-
२. कञ्चनजंगा कक्ष ......... रु.६००।-
३. मकालु कक्ष ................रु.४००।-
४. धौलागिरी कक्ष ............ रु.२००।-
५. अन्नपुर्ण कक्ष .............. रु.१५०।–
(४३) UN Mission मा जाँदा उपलव्ध हुने सुविधा : (१) प्रहरी कल्याण कोषवाट प्रहरी कर्मचारीलाई झोला थान-१, व्याक प्याक थान-१, स्वीस मल्टिपल नाईफ थान-१, टर्च लाईट थान-१, आर्म-व्याज थान-२, टिर्सट थान-२ र झुल (Mossy Dome) थान-१ लगायतका सामान उपलव्ध गराइनेछ । यी सामानहरु प्रहरी कर्मचारीले नियमानुसार पाउने सुविधामा गणना गरिने छैन ।
(२) प्रहरी कर्मचारीलाई आवश्यक भ्याक्सिन(Vaccination) नेपाल प्रहरी अस्पताल मार्फत उपलव्ध गराइनेछ ।
(३) प्रहरी कर्मचारीले माग गरेमा नगद रू.१,००,०००।- (अक्षरेपि एक लाखसम्म) सापटी सुविधा उपलव्ध गराइनेछ ।
(४) प्रहरी कर्मचारीलाई लुगा-भत्ता सुविधा वापत नगद रू. ७,०००।- (सात हजार) उपलव्ध गराइनेछ ।
(५) Contingent Commander वा Team Leader लाई मिशन Commander को थप जिम्मेवारी (प्रतिवेदन, कर्मचारी व्यवस्थापन, विभिन्न कार्यक्रम आयोजना आदिका लागि) विविध खर्चका रुपमा वार्षिक USD 500 (अमेरिकी डलर पाँच सय) प्रहरी कल्याण कोषवाट उपलब्ध गराइनेछ । तर एक जनामात्र खटिएको हकमा यो सुविधा लागू हुने छैन ।
(६) प्रहरी कर्मचारीको मिशन स्थलमा वा मिशनमा बिरामी भई सोही कारणले नेपाल फिर्ता भई ३५ दिनभित्र मृत्यु भएमा निजले मिशनमा योगदान गरे वापत प्रहरी कल्याण कोषमा नियमानुसार बुझाउनु पर्ने रकम छुट दिइनेछ।
(४४) फिल्म शुटिङ : फिल्म शुटिङको लागि उपलब्ध गराईने तपशिल बमोजिमका सुविधाहरुको लागि निम्नानुसार सेवा शुल्क निर्धारण गरिएको छ ।
सि .नं. |
बिवरण |
अवधि |
सेवा शुल्क रू. |
कैफियत |
(क) |
कार्यालय भवन ग्राउण्ड |
१ देखि ३ घण्टा |
८,०००।- |
|
(ख) |
सवारी साधन |
प्रति घण्टा |
६,०००।- |
|
(ग) |
मेसिनरी वाकिटकी प्रतिसेट |
प्रति घण्टा |
२,५००।- |
|
(घ) |
घोडा |
प्रति घण्टा |
२,५००।- |
|
(ङ) |
कुकुर |
प्रति घण्टा |
५,०००।- |
|
(च) |
अन्य सामान ( हतियार बाहेक) |
१ देखि ३ घण्टा |
१,०००।- |
प्रति आईटम |
(छ) |
समारोह स्थल |
१ घण्टा |
७,०००।- |
|
(ज) |
हतियार ( कर्मचारी सहित ) |
प्रतिघण्टा र गोटा |
५,०००।- |
|
(झ) |
मोटरवोट |
प्रति घण्टा |
५,०००।- |