अन्वेषण योजना तथा विकास निर्देशनालय - DIGP Biography
प्रहरी नायव महानिरीक्षक
विष्णु कुमार के.सी. को जन्म ताप्लेजुङको याङ्दुवामा बि.स २०२७ वैशाख १ मा भएको हो । नेपाल प्रहरीमा
प्रहरी सहायक निरीक्षकमा बि.स २००१ मा सेवा प्रवेश गर्नु भएका प्र.ना.म.नि के.सी. बि.स २०५२मा प्रहरी निरीक्षक बन्नु भयो । यस अन्वेषण योजना तथा विकास
निर्देशनालयको निर्देशनालय प्रमुखको रूपमा मिती २०८० वैशाख ११ देखि कार्यरत हुनुहुन्छ।
प्र.ना.म.नि
के.सी. ले नेपाल प्रहरिमा विभिन्न
उन्नत तथा आधारभूत तालिम हासिल गर्नु भएको छ ।
मुख्य रुपमा प्रहरी सहायक आधारभूत तालिम, क्लिनिकल कानुनी शिक्षा
कार्यक्रम, प्रहरी निरीक्षक आधारभूत तालिम, बिशिष्ट
व्यक्ति सुरक्षा ,अपराध अनुसन्धान, प्रहरी व्यवस्थापन, Human Rights in Law Enforcement
training,प्रशिक्षक प्रशिक्षण तालिम , Investigative
Interview Training Course र भ्रष्टाचार नियन्त्रण तालिम प्राप्त
गर्नु भएको छ ।
प्र.ना.म.नि
के.सी. ले , यौन शोषण र दुर्व्यवहारको
रोकथाम
तालिम, फिल्ड स्टाफ स्वास्थ्य
कल्याणमा आधारभूत सुरक्षा, सुरक्षित रक्षात्मक ड्राइभिङ
प्रशिक्षण, पूर्वी टिमोरमा यौन शोषण र
दुर्व्यवहारको रोकथामसम्बन्धी प्रशिक्षण, हाइटीमा आचरण र अनुशासनका लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका तालिमहरू र चीनमा कानून प्रवर्तन तालिम लगायतका स्वदेश तथा विदेशमा
विभिन्न सेमिनार ,गोष्टी र तालिममा सहभागिता जनाउनु भएको छ ।
प्र.ना.म.नि
के.सी. त्रिभुवन विश्वविद्यालयबाट जन प्रशासनमा स्नातकोत्तर सम्मको अध्ययन गरेका छन् ।
आफ्नो
२७ वर्ष नेपाल
प्रहरी
संगठनमा
गोरखा, इलाम र झापामा जिल्ला प्रहरी
प्रमुखको
रूपमा सफल कार्यकाल पुरा गर्नु भएको छ ।उनले नेपाल प्रहरी कलेजको कमाण्डेन्टका साथै
महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा प्रशिक्षकको भूमिका समेत निर्वाह गरेका छन् ।
नेपालको
सर्वोच्च नागरिक पुरस्कार मध्येको एक प्रबल जनसेवाश्री बाट
सम्मानित हुनु भएका प्र.ना.म.नि के.सी. गद्दी आरोहण रजत पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक, गोरखा दक्षिणा बहू, परदेश सेवा पदकलगायत विभिन्न
पदक र अलंकारबाट
विभूषित हुनु भएको छ ।
प्र.ना.म.नि
के.सी. संयुक्त राष्ट्र संघ, शान्ति मिसन अन्तर्गत पूर्वी टिमोरमा र सुडान सहभागी हुनु भएको थियो भने उहाँको योगदानको कदर गर्दै संयुक्त राष्ट्र पदकबाट
सम्मानित हुनु भएको छ ।
उहाँलाई
मन पर्ने विषयहरूमा यात्रा गर्न, सामुदायिक गतिविधिहरूमा भाग लिन, खेलकुद खेल्न र सङ्गीत सुन्न
लगायत
पर्दछन् ।
श्री
गणेश बहादुर केसी तथा श्रीमती रन्दता केसीका सुपुत्र प्रनामनी विष्णु कुमार केसी
विवाहित हुनुहुन्छ र उहाँको एक छोरी छिन् ।