विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा संलग्न व्यक्ति पक्राउ
२०८३-०४-२१
- A
- A-
- A+
संखुवासभा, विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा संलग्न रहेको अभियोगमा खाँदबारी नगरपालिका-३ बस्ने ६५ वर्षीय हेमराज घिमिरेलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त कसुर संलग्न रहेका उनलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले खाँदबारी नगरपालिका-१ बाट पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत संखुवासभाबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।