प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ३५ जना पक्राउ

२०८३-०४-२४

  • A
  • A-
  • A+
Share

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-११ कपन आनिगुम्बास्थित शिव बहादुर विश्वकर्माको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने संखुवासभा घर भएका ५६ वर्षीय आङ्देवा शेर्पा समेत ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २८ हजार ३ सय ९० रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । 

कास्की, पोखरा महानगरपालिका-१७ ड्यामसाईड बस्ने ५० वर्षीय राजेन्द्र श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा राजेन्द्र समेत ६ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २८ हजार ७० नेपाली रूपैयाँ, २ हजार ५ सय भारतीय रूपैयाँ र १ सय ५६ पत्ति तास सहित पक्राउ गरेको हो ।

यसैगरी कास्की, पोखरा महानगरपालिका-३१ भाटामुल बस्ने ४० वर्षीया ललिता ज्वार्चनको घरमा जुवातास खेलिरहेको अवस्थामा ललिता समेत १२ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३१ हजार ७ सय ६० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । 

चितवन, भरतपुर महानगरपालिका-१ भृकुटीपथ नजिकै भारत हाउडा शिवडा घर भएका ४० वर्षीय सुजित खन्राले भाडामा लिएको सटरमा जुवातास खेलिरहेको अवस्थामा सुजित समेत ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५१ हजार ८ सय ५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ
२०८३-०५-०५

भक्तपुर, चाँगुनारायण नगरपालिका-९ ताथलीस्थित पात्ले जंगलमा जुवा (ओखर) खेलिरहेको अवस्थामा काठमाडौं चन्द्रागिरी नगरपालिका-१४ कलंकी बस्ने ३२ वर्षीय विजय खत्री समेत ६ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३४ हजार ५ सय रूपैयाँ र १७ थान ओखर सहित पक्राउ गरेको हो ।रूपन्देही, बुटवल उपमहानगरपालिका-३ गोलपार्कबाट जुवातास खेलिरहेको अवस्थामा देवदह नगरपालिका-५ बस्ने ३४ वर्षीय आकाश गुरूङ समेत ९ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३२ हजार ६ सय ८५ रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
२०८३-०५-०२

ललितपुर महानगरपालिका-१५ चापागाउँ दोबाटोबाट जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१५ सातदोबाटो बस्ने ओखलढुंगा सिद्धिचरण नगरपालिका-२ घर भएका ६० वर्षीय जय प्रकाश कार्की समेत ५ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६४ हजार ९ सय रूपैयाँ सहित पक्राउ गरेको हो ।कास्की, पोखरा महानगरपालिका-५ बरालचोकस्थित मेटल उद्योगमा जुवातास खेलिरहेको अवस्थामा उद्योगका संचालक बाग्लुङ जैमुनी गाउँपालिका-१० घर भएका ३१ वर्षीय ओमबहादुर थापा समेत ६ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५६ हजार ८ सय ३० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको   हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा २६ जना पक्राउ
२०८३-०४-३१

कपिलवस्तु, कृष्णनगर नगरपालिका-३ बस्ने ३२ वर्षीय बिनोद हेलाको घरमा जुवातास खेलिरहेको अवस्थामा बिनोद समेत १५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ७५ हजार रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । भक्तपुर, मध्यपुर थिमी नगरपालिका-८ बोडे डायमण्ड चोकस्थित सिन्धुपाल्चोक घर भएका ४६ वर्षीय ढकल बहादुर तामाङको डेरा कोठामा जुवातास खेलिरहेको अवस्थामा ढकल बहादुर समेत ११ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ५४ हजार रूपैयाँ र २५ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।