बैंकिङ कसुर तथा चेक अनदार मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०४-२९
- A
- A-
- A+
काठमाडौं, १० वटा बैंकिङ कसुर मुद्दा तथा २ वटा चेक अनादर मुद्दाका फरार प्रतिवादी ललितपुर, ललितपुर महानगरपालिका-१० बालकुमारी बस्ने सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका-६ घर भएका ३३ वर्षीय गणेश भण्डारीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटन र जिल्ला अदालत काठमाडौंको फैसलाले उक्त मुद्दाहरूमा १ करोड ५८ लाख ५४ हजार ६ सय ३० रूपैयाँ जरिवाना र १६ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका-१० बालकुमारीबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको छ ।