मौरिसस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८३-०४-२९
- A
- A-
- A+
काठमाडौं, वैदेशिक रोजगारीमा आकरत्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३ बस्ने ताल्लेजुङ सिरीजंघा गाउँपालिका-७ घर भएका ३० वर्षीय सुमन भट्टराईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
सुमनले मौरिसस पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १ लाख ९० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-२६ बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।