ज्यान मार्ने उद्योग तथा डाँका उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०४-२९
- A
- A-
- A+
गोरखा, ज्यान मार्ने उद्योग तथा डाँका उद्योग मुद्दाका फरार प्रतिवादी बारपाक सुलिकोट गाउँपालिका-०४ आमडाँडा बस्ने २७ वर्षीय राजन दर्जीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
बारपाक सुलिकोट गाउँपालिका-६ मैलुङस्थित राजन समेतले गरगहना लुट्ने मनसायले पीडितलाई २०८० जेठ ८ गते धारिलो हतियार प्रहार घाइते बनाई फरार भएको घटनामा संलग्न उनलाई जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत गोरखामा पेश गरिएको छ ।