प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

२०८३-०५-१३

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-१७ क्षेत्रपाटी चोकस्थित खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं क्षेत्रपाटी बस्ने काभ्रे नमोबुद्ध नगरपालिका-९ घर भएका २२ वर्षीय कृष्ण तामाङ समेत ९ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार रूपैयाँ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार