जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०५-२०
- A
- A-
- A+
बर्दिया, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नगरपालिका-५ बस्ने ३४ वर्षीय धन बहादुर चुदारालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
धन बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।