जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०५-२१
- A
- A-
- A+
इलाम, १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा माईजोगमाई गाउँपालिका-३ बस्ने ३८ वर्षीय बल बहादुर विश्वकर्मालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बल बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पाँचथर, ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा फाल्गुनन्द गाउँपालिका-५ फाक्तेप डेरा गरी बस्ने भारत सिसवनिया-१ घर भएका २५ वर्षीय राम सुरत मुखियालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राम सुरतले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।