जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ
२०८३-०५-२४
- A
- A-
- A+
सल्यान, बनगाड कुपिण्डे नगरपालिका-१ गैरी बजार बस्ने ४० वर्षीय प्रेम बहादुर पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रेम बहादुर समेत ४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय देवस्थलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ९ सय ६० रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।