करिब २ सय ४९ किलोग्राम गाँजा सहित दुई जना पक्राउ
२०८३-०६-२७
- A
- A-
- A+
उदयपुर, बेलका नगरपालिका-५ सुपाडे देउरालीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५९ किलो ४ सय ग्राम सहित सप्तरी सप्तकोशी नगरपालिका-८ आदोरा बस्ने २८ वर्षीय पशुपती साफीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लालबजारबाट खटिएको प्रहरीले रामपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको प्र.१-०२-००२ च ५२९० नम्बरको पिकअप गाडीलाई जाँच गर्ने क्रममा ६ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक पशुपतिलाई पक्राउ गरेको हो ।
सिराहा, सखुवानन्कारकट्टी गाउँपालिका-५ बस्ने ४३ वर्षीय जगदिश यादवलाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ९० किलोग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशवारी समेतबाट खटिएको प्रहरीले जगदिशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।