अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २७ जना पक्राउ
२०८३-०७-११
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-९ तिलगंगास्थित गेष्ट हाउसबाट अवैध लागूऔषध खैरो हेरोइन ३४ ग्राम र नगद ५ लाख ८० हजार रूपैयाँ सहित ४ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा कल्याणपुर नगरपालिका-२ घर भएका २० वर्षीय भरोष मुखिया, २६ वर्षीय धनिकलाल मुखिया, २६ वर्षीय पवन मुखिया र ३६ वर्षीय महमद सजाबुल शेष रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले गेष्ट हाउस तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, गोकर्णेश्वर नगरपालिका-६ डेरा गरी बस्ने सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-७ घर भएका २६ वर्षीय राजिब तामाङलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ट्याब्लेट, नाइट्राभेट ५ हजार ४ सय ट्याब्लेट, डाईजेपाम १ सय ६७ एम्पुल, फेनारगन ४ सय २३ एम्पुल र नोर्फिन ३ सय २४ एम्पुल सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले राजिबको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले अमेरिकाबाट कुरियर मार्फत डकुमेन्टको आवरणमा ल्याइएको अवैध लागूऔषध गाँजा १ किलो ३ सय ३८ ग्राम सहित २ जनालाई मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारतीय नागरिक २३ वर्षीय BHAVARSINGH र ३३ वर्षीय VANDIT PATEL रहेका छन् ।
सुनसरी, देवानगंज गाउँपालिका-२ बाट अवैध लागूऔषध गाँजा करिब १३ किलो ५ सय २० ग्राम र नगद १४ हजार २ सय ६० रूपैयाँ सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हरिनगर गाउँपालिका-६ घुस्कि बस्ने २६ वर्षीय लुकमान अंसारी र भारत पुर्णिया राजदमपुर पञ्चायत-९ घर भएका २८ वर्षीय एमलि मझाल रहेका छन् । इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरीले प्र.१-०२-०४६ प १७४३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, कोशी गाउँपालिका-१ लौकहीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार २ सय ६० ट्याब्लेट र नाइट्राजेपाम ४० ट्याब्लेट सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर चौदण्डीगढी नगरपालिका-९ रामपुर ठोक्सिला बस्ने २६ वर्षीय लाल बहादुर श्रेष्ठ र सुनसरी बराहक्षेत्र नगरपालिका-७ बस्ने २४ वर्षीय निर्मल श्रेष्ठ रहेका छन् । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-८ सिसुवाधरमपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ६० मिलिग्राम सहित सोही गाउँपालिका-२ बस्ने २७ वर्षीय मोहमद आजादलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सिसुवाधरमपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
दाङ, तुलसीपुर उपमहानगरपालिका-८ दोघरेस्थित सिटी टाउन होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ५० मिलिग्राम र नगद ३२ हजार ७ सय १० रूपैयाँ सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-५ बस्ने २० वर्षीय योगेश पुन मगर, १९ वर्षीय दिवश केसी र सोही उपमहानगरपालिका-७ बस्ने २१ वर्षीय अर्पन पुन रहेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी दाङ, घोराही उपमहानगरपालिका-१७ गैरागाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१७ बेलभार बस्ने ३७ वर्षीय धनिलाल धामीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको रा.२ प ६४७२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
बझाङ, बुंगल नगरपालिका-४ बिजगडा बजार बस्ने ४३ वर्षीय जनक कार्की समेत २ जनालाई अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ३ किलो २ सय ६५ ग्राम सहित मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बझाङ समेतबाट खटिएको प्रहरीले जनकको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
बर्दिया, बारबर्दिया नगरपालिका-७ सोनपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम र नगद १४ हजार ५ सय रूपैयाँ सहित सोही नगरपालिका-७ हर्नवा बस्ने २१ वर्षीय रितेश थारूलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनियाभार समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध सोही नगरपालिका-७ सोनपुर बस्ने २९ वर्षीय यज्ञ लामिछाने सँग खरिद गरेको भन्ने खुल्नासाथ यज्ञको घर तलासी गर्दा ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय १० मिलिग्राम फेला पारी प्रहरीले बरामद गरेको हो । साथै प्रहरीले हाल फरार यज्ञको खोजी गरिरहेको छ ।
उदयपुर, चौदण्डीगढी नगरपालिका-३ पैतालिस चोकबाट नियन्त्रित लागूऔषध डिकोलिक १७ ट्याब्लेट, स्पास्पेन ५० ट्याब्लेट र ट्रामाडोल ७० ट्याब्लेट सहित ४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ हात्तीसार बस्ने २० वर्षीय प्रणय राई, २० वर्षीय रमण राई, १९ वर्षीय रोजित राई र २३ वर्षीय सनम भन्ने देवराज परियार रहेका छन् । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको छ ।
झापा, बिर्तामोड नगरपालिका-१० कुवापानीटोल बस्ने २० वर्षीय प्रदिप बर्देवा समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम सहित मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले प्रदिपको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
मोरङ, बेलबारी नगरपालिका-६ बाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ३० किलो ९ सय ९० ग्राम र नगद ६३ हजार ५ सय ५ रूपैयाँ सहित धनकुटा चौबिसे गाउँपालिका-७ बस्ने ३५ वर्षीय आइत बहादुर राई समेत २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट सोमबारेबाट खटिएको प्रहरीले प्र.१-०२-०४० प ९१९१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।