प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३५ जना पक्राउ

२०८३-०७-१२

  • A
  • A-
  • A+
Share

कास्की, पोखरा महानगरपालिका-७ बाट अवैध लागूऔषध खैरो हेरोइन १२ ग्राम सहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१७ घर भएका २४ वर्षीय पारस गुरूङ, धादिङ निलकण्ठ नगरपालिका-७ घर भएका ३१ वर्षीय प्रकाश पोखरेल र झापा मेचीनगर नगरपालिका-६ घर भएका ४५ वर्षीय बिशाल आङदेखे (लिम्बु) रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

मोरङ, सुन्दरहरैंचा नगरपालिका-१२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ३० मिलिग्राम र नगद १८ हजार ५ सय ८० रूपैयाँ सहित सुनसरी दुहबी नगरपालिका-१२ बस्ने २६ वर्षीय संजय उरावलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सुनसरी, कोशी गाउँपालिका-१ लौकहीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित इलाम चुलाचुली गाउँपालिका-५ बस्ने ४२ वर्षीय याम कुमार राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-५ गैरीगाउँ बस्ने ३६ वर्षीय अमिर सार्कीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 

यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-८ गैसार डेरा गरी बस्ने १८ वर्षीय किशोर समेत ३ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल ५ हजार २ सय ७० ट्याब्लेट र डाइक्लोमाइन ५ हजार ५ सय १० ट्याब्लेट सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-११ सम्झना टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय १० ट्याब्लेट र डाइक्लोमाइन ८ सय ट्याब्लेट सहित मोरङ सुन्दरहरैंचा नगरपालिका-२ बेलडाँगी बस्ने २७ वर्षीय अरूण माझीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खनारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको प्र.१-०२-०४१ प २५४६ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  

बारा, बिश्रामपुर गाउँपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ५१ मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जीतपुरसिमरा उपमहानगरपालिका-‍५ बस्ने २२ वर्षीय बिशाल सहनी र २६ वर्षीय रोशन कुश्वाहा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना.१२ प ३७१६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  

यसैगरी बारा, प्रसौनी गाउँपालिका-६ बाट अवैध लागूऔषध गाँजा ५ सय ग्राम सहित भारत घर बताउने ६० वर्षीय शम्भु सहनीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको

हो । साथै थप अनुसन्धानको क्रममा उक्त गाँजा सोही गाउँपालिका-७ बलुवा टोल बस्ने ४५ वर्षीय अच्छेलाल सहनीसँग खरिद गरेको भन्ने खुल्लासाथ अच्छेलालको घर तलासी गर्दा अवैध लागूऔषध गाँजा ८ किलो ७ सय ग्राम फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।  

सिराहा, औरही गाउँपालिका-२ बाट अवैध लागूऔषध गाँजा करिब ८४ किलो ५ सय ९० ग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा औरही गाउँपालिका-२ तुलसीपुर बस्ने ५३ वर्षीय छेदी दासर र बरियारपटी गाउँपालिका-३ शिवनगर बस्ने ६५ वर्षीय शंकर यादव रहेका छन् । प्रहरी चौकी हर्कटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो ।

चितवन, भरतपुर महानगरपालिका-१९ चारपाटे चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ५४ मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने लमजुङ दोर्दी गाउँपालिका-८ घर भएका ३१ वर्षीय सागर तामाङ र भरतपुर महानगरपालिका-२० चन्द्रमा टोल बस्ने ३८ वर्षीय रोशन गुरूङ रहेका छन् । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले सागरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको सोही महानगरपालिका-१९ रानिपोखरी बस्ने ४३ वर्षीय अमित लामा भन्ने ईश्वर लामाको घरमा तलासी गर्दा ब्राउनसुगर जस्तो देखिने पदार्थ ४१ ग्राम र नगद ३९ हजार ५ सय रूपैयाँ फेला पारी ईश्वरलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

कैलाली, भजनी नगरपालिका-५ पगियापसारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय १० मिलिग्राम सहित भजनी नगरपालिका-५ पगियापसार बस्ने २१ वर्षीय दिपक बुढा समेत २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनी समेतबाट खटिएको प्रहरीले से.७ प ७४२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी कैलाली, भजनी नगरपालिका-३ मरियाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय २० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टीकापुर नगरपालिका-३ बस्ने १९ वर्षीय सुमित सुनार र २० वर्षीय अभिषेक विक रहेका छन् । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.४ प ७२४२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-८ बुद्धचोक नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्राम सहित जोशीपुर गाउँपालिका-१ बस्ने २९ वर्षीय नराज चौधरी समेत ४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

महोत्तरी, मटिहानी नगरपालिका-८ बाट अवैध लागूऔषध गाँजा १ किलो ६ सय ग्राम सहित सोही ठाउँ बस्ने ४५ वर्षीय बिनोद सुडिलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मटिहानी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

धनकुटा, चौबिसे गाउँपालिका-६ राजारानी बजारबाट अनियन्त्रित लागूऔषध ट्रामाडोल ६४ ट्याब्लेट, डाइक्लोमाइन ३७ ट्याब्लेट र स्पास्पेन ३१ ट्याब्लेट सहित पाँचथर मिक्लाजुङ गाउँपालिका-८ बस्ने २१ वर्षीय रोमन भन्ने रमेश पोखरेललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

ललितपुर, ललितपुर महानगरपालिका-२ सानेपा खरिबोटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ९ सय ९० मिलिग्राम सहित काठमाडौं न्यूरोड बस्ने भारत घर भएका ३८ वर्षीय गणेश कामतीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग सानेपाबाट खटिएको प्रहरीले बा.५३ प १६९६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  

झापा, बिर्तामोड नगरपालिका-५ नयाँ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्राम सहित सुनसरी इटहरी उपमहानगरपालिका-२ बस्ने २१ वर्षीय अनिष खड्कालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

बाँके, बैजनाथ गाउँपालिका-१ हरियाली चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम सहित सोही गाउँपालिका-१ बस्ने २८ वर्षीय क्रिन्स परियार समेत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय मिलिग्राम सहित कोहलपुर नगरपालिका-८ बस्ने २३ वर्षीय गोपाल रानालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २७ जना पक्राउ
२०८३-०७-११

काठमाडौं महानगरपालिका-९ तिलगंगास्थित गेष्ट हाउसबाट अवैध लागूऔषध खैरो हेरोइन ३४ ग्राम र नगद ५ लाख ८० हजार रूपैयाँ सहित ४ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा कल्याणपुर नगरपालिका-२ घर भएका २० वर्षीय भरोष मुखिया, २६ वर्षीय धनिकलाल मुखिया, २६ वर्षीय पवन मुखिया र ३६ वर्षीय महमद सजाबुल शेष रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले गेष्ट हाउस तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।यसैगरी काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-६ डेरा गरी बस्ने सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-७ घर भएका २६ वर्षीय राजिब तामाङलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ट्याब्लेट, नाइट्राभेट ५ हजार ४ सय ट्याब्लेट, डाईजेपाम  १ सय ६७ एम्पुल, फेनारगन ४ सय २३ एम्पुल र नोर्फिन ३ सय २४ एम्पुल सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले राजिबको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले अमेरिकाबाट कुरियर मार्फत डकुमेन्टको आवरणमा ल्याइएको अवैध लागूऔषध गाँजा १ किलो ३ सय ३८ ग्राम सहित २ जनालाई मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारतीय नागरिक २३ वर्षीय BHAVARSINGH र ३३ वर्षीय VANDIT PATEL रहेका छन् ।  सुनसरी, देवानगंज गाउँपालिका-२ बाट अवैध लागूऔषध गाँजा करिब १३ किलो ५ सय २० ग्राम र नगद १४ हजार  २ सय ६० रूपैयाँ सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हरिनगर गाउँपालिका-६ घुस्कि बस्ने २६ वर्षीय लुकमान अंसारी र भारत पुर्णिया राजदमपुर पञ्चायत-९ घर भएका २८ वर्षीय एमलि मझाल रहेका छन् । इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरीले प्र.१-०२-०४६ प १७४३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी सुनसरी, कोशी गाउँपालिका-१ लौकहीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार २ सय ६० ट्याब्लेट र नाइट्राजेपाम ४० ट्याब्लेट सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर चौदण्डीगढी नगरपालिका-९ रामपुर ठोक्सिला बस्ने २६ वर्षीय लाल बहादुर श्रेष्ठ र सुनसरी बराहक्षेत्र नगरपालिका-७ बस्ने २४ वर्षीय निर्मल श्रेष्ठ रहेका छन् । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-८ सिसुवाधरमपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ६० मिलिग्राम सहित सोही गाउँपालिका-२ बस्ने २७ वर्षीय मोहमद आजादलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सिसुवाधरमपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  दाङ, तुलसीपुर उपमहानगरपालिका-८ दोघरेस्थित सिटी टाउन होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ५० मिलिग्राम र नगद ३२ हजार ७ सय १० रूपैयाँ सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-५ बस्ने २० वर्षीय योगेश पुन मगर, १९ वर्षीय दिवश केसी र सोही उपमहानगरपालिका-७ बस्ने २१ वर्षीय अर्पन पुन रहेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी दाङ, घोराही उपमहानगरपालिका-१७ गैरागाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१७ बेलभार बस्ने ३७ वर्षीय धनिलाल धामीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको रा.२ प ६४७२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । बझाङ, बुंगल नगरपालिका-४ बिजगडा बजार बस्ने ४३ वर्षीय जनक कार्की समेत २ जनालाई अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ३ किलो २ सय ६५ ग्राम सहित मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बझाङ समेतबाट खटिएको प्रहरीले जनकको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । बर्दिया, बारबर्दिया नगरपालिका-७ सोनपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम र नगद १४ हजार ५ सय रूपैयाँ सहित सोही नगरपालिका-७ हर्नवा बस्ने २१ वर्षीय रितेश थारूलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनियाभार समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध सोही नगरपालिका-७ सोनपुर बस्ने २९ वर्षीय यज्ञ लामिछाने सँग खरिद गरेको भन्ने खुल्नासाथ यज्ञको घर तलासी गर्दा ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय १० मिलिग्राम फेला पारी प्रहरीले बरामद गरेको हो । साथै प्रहरीले हाल फरार यज्ञको खोजी गरिरहेको छ ।  उदयपुर, चौदण्डीगढी नगरपालिका-३ पैतालिस चोकबाट नियन्त्रित लागूऔषध डिकोलिक १७ ट्याब्लेट, स्पास्पेन ५० ट्याब्लेट र ट्रामाडोल ७० ट्याब्लेट सहित ४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ हात्तीसार बस्ने २० वर्षीय प्रणय राई, २० वर्षीय रमण राई, १९ वर्षीय रोजित राई र २३ वर्षीय सनम भन्ने देवराज परियार रहेका छन् । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको छ ।झापा, बिर्तामोड नगरपालिका-१० कुवापानीटोल बस्ने २० वर्षीय प्रदिप बर्देवा समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम सहित मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले प्रदिपको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । मोरङ, बेलबारी नगरपालिका-६ बाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ३० किलो ९ सय ९० ग्राम र नगद ६३ हजार ५ सय ५ रूपैयाँ सहित धनकुटा चौबिसे गाउँपालिका-७ बस्ने ३५ वर्षीय आइत बहादुर राई समेत २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट सोमबारेबाट खटिएको प्रहरीले प्र.१-०२-०४० प ९१९१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ
२०८३-०७-११

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ सय २२ ग्राम ३ सय मिलिग्राम सहित भारत बिहार भोजपुर घर भएका ३१ वर्षीय विवेक कुमारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज २०२३ नम्बरको सुमोमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  धनुषा, सबैला नगरपालिका-१३ किरतपुर बस्ने ४५ वर्षीया फुलो देवी ठाकुरलाई अवैध लागूऔषध गाँजा करिब २ किलो ७ सय ८० ग्राम सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले फुलो देवीको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।  झापा, झापा गाउँपालिका-१ सालमाराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५० ग्राम १ सय ४० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३६ वर्षीय नसिम अक्तर मिया र ३० वर्षीय सलमान मिया रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काकँरभिट्टा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३७ एए ५३८० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-६ पिपल चौताराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीय सुबिन सिंह र बाँके कोहलपुर नगरपालिका-२ बस्ने ३३ वर्षीय प्रसान्त मल्ल रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   कञ्चनपुर, भीमदत्त नगरपालिका-४ बसपार्कस्थित न्यू खप्तड सैपाल होटलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ४ किलो ३ सय २४ ग्राम सहित बझाङ छबिसपाथीभेरा गाउँपालिका-६ बस्ने ३५ वर्षीय सुरेन्द्र बहादुर बुढालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्‍चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली समेतबाट खटिएको प्रहरीले होटलको १०३ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
२०८३-०७-१०

काठमाडौं, कागेश्‍वरी मनोहरा नगरपालिका-४ डाँछी चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेट सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ गागलफेदी बस्ने ललितपुर गोदावरी घर भएका २१ वर्षीय उमेश मगर र सोही नगरपालिका-४ थली हेमपाइप बस्ने धनकुटा घर भएका २७ वर्षीय मिलन मिश्र रहेका छन् । प्रहरी प्रभाग थलिबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   यसैगरी काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन एरिया बाहिरबाट अवैध लागूऔषध गाँजा करिब १४ किलोग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत गुजरात बस्ने ४६ वर्षीया SHAIKH SHABANABANU YAR MAHAMMAD र ३५ वर्षीया ANSARI SARIFA ABBAS  रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खटिएको प्रहरीले मलेशियन बाटिक एयरद्वारा काठमाडौं आएका उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।   सिराहा, धनगढीमाई नगरपालिका-१० डगर टोलबाट अवैध लागूऔषध गाँजा ६ किलो २ सय ७० ग्राम सहित बिष्णुपुर गाउँपालिका-५ लक्ष्मीपुर बस्ने ४१ वर्षीय शिव शंकर साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले म.प्र. ०३-०३२ प ७५२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी सिराहा, धनगढीमाई नगरपालिका-१४ बिहिबारे टोल बस्ने ५६ वर्षीय झनक बहादुर ठकुरीलाई अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु १६ किलोग्राम सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले झनकको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।   कञ्चनपुर, भीमदत्त नगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६ सय २० मिलिग्राम सहित सोही नगरपालिका-१० बस्ने २४ वर्षीय आषिस लुहारलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले म.१ ह ५५६ नम्बरको अटो जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक आषिसलाई पक्राउ गरेको हो ।  सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने  पदार्थ ४ ग्राम ७ सय ८० मिलिग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-५ बस्ने २६ वर्षीय बिशाल अछामी र ३८ वर्षीय बिरू लिम्बु रहेका छन् । अस्थायी प्रहरी पोष्ट इनरूवा बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   नवलपरासी पूर्व, कावासोती नगरपालिका-१५ गैरीटोलबाट अवैध लागूऔषध गाँजा १ किलो १ सय ३८ ग्राम सहित सोही ठाउँ बस्ने ४८ वर्षीय बुद्धिराम गुरौलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८३-०७-१०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ पिपलबोटबाट अवैध लागूऔषध गाँजा ४२ किलो ४ सय १० ग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बैसाली महुवा टोल बस्ने २५ वर्षीय बिर्जु  कुमार राय र २६ वर्षीय मन्जय कुमार राय रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट बारातर्फ जाँदै गरेको बिआर १ एपि ६०७३ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा १९ वटा पोका रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक बिर्जु कुमार र गाडीमा सवार मन्जय कुमारलाई पक्राउ गरेको हो ।  बाँके, बैजनाथ गाउँपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३२ वर्षीय दुखराम थारूलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । धनुषा, शहिदनगर नगरपालिका-१ भगबन टोल बस्ने ४० वर्षीया प्रमिला देवी मण्डललाई अवैध लागूऔषध गाँजा करिब २ किलो ४ सय ७० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले प्रमिलाको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८३-०७-०९

चितवन, भरतपुर महानगरपालिका-३ बेलचोकबाट नियन्त्रित लागूऔषध डाईजेपाम २२ एम्पुल, नोर्फिन २२ एम्पुल र प्रोमेथाजाइन २२ एम्पुल सहित सोही ठाउँ डेरा गरी बस्ने गोरखा घर भएका १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१३ वनस्पति चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७० ट्याब्लेट सहित बागमती गाउँपालिका-७ बस्ने २३ वर्षीय रोशन विश्वकर्मालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सामुदायिक प्रहरी सेवा  केन्द्र वनस्पतिबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   सर्लाही, लालबन्दी नगरपालिका-४ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ हजार ५ सय ट्याब्लेट सहित सोही नगरपालिका-२ नवलपुर बस्ने २४ वर्षीय विशाल प्रधानलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले लालबन्दीबाट जब्दीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०५४ प १४४९ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-१२ जुगेडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ९२ मिलिग्राम सहित सोही ठाउँ बस्ने ३३ वर्षीय तिलक खत्रीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २३ जना पक्राउ
२०८३-०७-०९

काठमाडौं महानगरपालिका-३२ नरेफाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ६० मिलिग्राम सहित सोही महानगरपालिका-३२ पेप्सिकोला बस्ने गोरखा भिमसेनथापा गाउँपालिका-५ घर भएका २८ वर्षीय श्रीकृष्ण बराम समेत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.२ ज ३०३३, बागमती प्रदेश १-००२ ज ६७५२ नम्बरका ट्याक्सीहरू र बा.७५ को ८४६४ नम्बरको स्कुटर समेत बरामद गरेको छ । सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय ५० मिलिग्राम सहित बराहक्षेत्र नगरपालिका-७ बस्ने २७ वर्षीय कुशल घिमिरे समेत ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट इनरूवा बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-१३ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ हजार ९ सय ८० ट्याब्लेट र स्पास्पेन ७ हजार ट्याब्लेट सहित हरिनगरा गाउँपालिका-७ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरी समेतबाट खटिएको प्रहरीले प्रदेश नम्बर १-०२-००५ ह ६४८० नम्बरको सिटी सफारी जाँच गर्दा उक्त लागूऔषध फेला पारी सिटी सफारीमा सवार उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उक्त लागूऔषध कारोबारमा संलग्न हरिनगरा गाउँपालिका-७ बस्ने १८ वर्षीय किशोरलाई समेत पक्राउ गरेको छ । यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-५ राँगाचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम र नगद २३ हजार १ सय ८५ रूपैयाँ सहित सोही ठाउँ बस्ने ४० वर्षीय राम कुमार चौधरीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भरौलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  उदयपुर, चौदण्डीगढी नगरपालिका-६ बसपार्कबाट नियन्त्रित लागूऔषध स्पास्मो २ सय ८८ ट्याब्लेट र नाइट्राजेपाम ३ सय ट्याब्लेट सहित त्रियुगा नगरपालिका-१० बोक्से बस्ने २६ वर्षीय मनोज मग्रांतीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।झापा, बिर्तामोड नगरपालिका-५ नयाँ बसपार्क डेरा गरी बस्ने ताप्लेजुङ फुङलिङ नगरपालिका-३ घर भएका २५ वर्षीय बविस भण्डारीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ मिलिग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले बविसको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।  सिराहा, गोलबजार नगरपालिका-४ निपनिया चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५३ ग्राम ३० मिलिग्राम र डिजिटल तराजु १ थान सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुखिपुर नगरपालिका-५ बस्ने ३१ वर्षीय अजय कुमार यादव र सोही नगरपालिका-१० बस्ने २५ वर्षीय अरबिन्द कुमार यादव रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिवास महोत्तरी समेतबाट खटिएको प्रहरीले म.प्र.०१-००६ प ५१३९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।कपिलवस्तु, शिवराज नगरपालिका-२ हल्लानगर बस्ने २३ वर्षीया अस्मिता बोहोरालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम २ सय ४० मिलिग्राम र डिजिटल तराजु १ थान सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले अस्मिताको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-७ भानुचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय १६ मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय आवेश राना समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१२ कम्पनीटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ६४ मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय दिपक कुंजडा र २५ वर्षीय राम कुमार कुंजडा रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बझाङ, बित्थडचिर गाउँपालिका-८ बागथला बजारबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ५ किलो १ सय ९५ ग्राम सहित सोही गाउँपालिका-५ बस्ने ३० वर्षीय कटक जप्रेललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बझाङ समेतबाट खटिएको प्रहरीले चैनपुरदेखि धनगढीतर्फ जाँदै गरेको सु.प.प्र.०१-००१ ख ४२११ नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी बसमा सवार उनलाई पक्राउ गरेको हो । धनुषा, गणेशमान चारनाथ नगरपालिका-९ बरमझिया मुस्लिम टोल बस्ने ३२ वर्षीय अब्दुल रहमानलाई अवैध लागूऔषध गाँजा ३ सय ६० ग्राम सहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले अब्दुलको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्राम सहित सोही उपमहानगरपालिका-११ थानाभर्‍याङ बस्ने २४ वर्षीय सुमन खत्रीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.२१ प १७५१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।