अवैध लागुऔषध सहित पक्राउ
२०७८-१२-१९
- A
- A-
- A+
मकवानपुर, भिमफेदी गाउँपालिका-२ भैँसेबाट करिब ३ सय ५० ग्राम अवैध लागुऔषध गाँजा सहित हेटौंडा उपमहानगरपालिका-६ चौघडा बस्ने २१ वर्षीय निमेस पर्जालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ना.४ च ५९३६ नम्बरको गाडीलाई प्रहरी चौकी भैँसेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गाडीमा सवार उनलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-३० माथिल्लो गगनगौडाबाट करिब १ किलो ५ सय ग्राम अवैध लागुऔषध गाँजा सहित सोही महानगरपालिका-१० नयाँगाउँ रामबजार बस्ने ३० वर्षीय दिपेश बिकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ग.११ प ५३८१ नम्बरको स्कुटरलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटर चालक बिकलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
धादिङ, गजुरी गाउँपालिका-६ आदमघाट बजारबाट करिब १० किलो अवैध लागुऔषध गाँजा सहित सोही गाउँपालिका-८ पुरानो गाउँ बस्ने ५० वर्षीया राम माया तामाङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट आदमघाटबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।