मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ
२०७९-०२-१०
- A
- A-
- A+
पर्सा, ठोरी गाउँपालिका-४ बस्ने २० वर्षीय विष्णु लामालाई ना.३५ प ४५४७ नम्बरको मोरसाइकल चोरी गरेको अभियोगमा सोमबार प्रहरीले पक्राउ गरेको छ ।
सोही नगरपालिका-४ स्थित सडकबाट उक्त मोटरसाइकल सहित उनलाई ईलाका प्रहरी कार्यालय ठोरी पर्साबाट खटिएको प्रहरीले नियन्त्रणमा लिई सोधपुछ गर्दा मोटरसाइकल चोरीको भएको खुल्न आएपछि उनलाई पक्राउ गरेको हो ।
उनी उपर चोरी कसूरमा प्रहरीबाट अनुसन्धान भइरहेको छ ।