प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित पक्राउ

२०७९-०३-१०

  • A
  • A-
  • A+
Share

कैलाली, टिकापुर नगरपालिका-९ खक्रौलाबाट ६ सय ६० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ र ५ पिस नाईट्राभेट सहित सोही नगरपालिका-३ कटानपुर बस्ने २९ वर्षीय सागर कुमार बिकलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

से.३ प ३१२१ नम्बरको मोटरसाइकलमा सवार सागर कुमारलाई खक्रौलास्थित चेकपोष्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा आफ्नो संवेदनशील अंगमा लुकाई ल्याएको उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।    

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषधसहित तीन जना पक्राउ
२०८१-०६-१०

कैलाली, धनगढी उपमहानगरपालिका-३ ट्राफिक चोकस्थित बाजुरा होटलबाट अवैध लागूऔषध चरेश ७ सय ४० ग्राम सहित होटल संचालिका बाजुरा खप्तड छेडेदह गाउँपालिका-४ घर भएकी ४१ वर्षीया मनमति ऐडि रावतलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । यसैगरी कैलाली गौरिगंगा नगरपालिका-८ बडैपुरबाट अवैध लागूऔषध चरेश २ किलो ७ सय ४० ग्राम सहित बझाङ केदारस्युँ गाउँपालिका-६ बस्ने २३ वर्षीय गोबिन्द धामीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । रूपन्देही, सिद्धार्थनगर नगरपालिका-११ पिप्रहवाबाट अवैध लागूऔषध ब्राउनसुगर १० ग्राम ५ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ४५ वर्षीय चुलही जैसवाललाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय भैरहवा र प्रहरी चौकी मेउडिहवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
२०८१-०६-०९

उदयपुर, कटारी नगरपालिका-७ रतनपुरबाट अवैध लागूऔषध गाँजा करिब १२ किलोग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ताप्ली गाउँपालिका-१ बस्ने ३० वर्षीय सरोज राई र २८ वर्षीय दल बहादुर राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।   काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ हजार २ सय ट्याब्लेट सहित बारा फेटा गाउँपालिका-४ बस्ने २१ वर्षीय सुनिल कुमार मुखियालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले बारा कलैयादेखि काठमाडौंतर्फ आउँदै गरेको म.प्र.०३-००१ ख ८१०९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको   हो ।   झापा, झापा गाउँपालिका-६ शरणमतीस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २८ ग्राम ३ सय ५० मिलिग्राम सहित सोही गाउँपालिका-५ पन्थपाडा बस्ने ४२ वर्षीय तेहेरुदिन शेखलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   सुनसरी, धरान उपमहानगरपालिका-११ शिवजी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित २ जनालाई  मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-११ बस्ने ३७ वर्षीय बादल गुरुङ र सोही उपमहानगरपालिका-१६ बस्ने ३१ वर्षीय रोहित बिष्ट रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   सिराहा, मिर्चैया नगरपालिका-६ कटारी चोकस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३० मिलिग्राम सहित सोही नगरपालिका-११ सितापुर टोल बस्ने ४३ वर्षीय संजय यादवलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, कृष्णपुर नगरपालिका-९ पिपरिया जंगलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-१३ झलारी गाउँ बस्ने २१ वर्षीय सुदिप चौधरी र २२ वर्षीय कमलेश राना रहेका छन् । इलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारस्थित सडकबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ हजार ३५ ट्याब्लेट सहित नवलपरासी पश्चिम बर्दाघाट नगरपालिका-१५ बस्ने २२ वर्षीय सन्दिप श्रेष्ठलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले सुनौलीबाट बाग्लुङतर्फ जाँदै गरेको लु.१ ख ८९८४ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट चार जना पक्राउ
२०८१-०६-०८

कैलाली, गौरीगंगा नगरपालिका-८ बडैपुरस्थित मष्टा एग्रो प्रोडक्सन एण्ड सप्लायर्स पसल संचालन गरी बस्ने बझाङ केदारेश्वर गाउँपालिका-६ थापागाउँ घर भएका ३१ वर्षीय डम्बर बहादुर गुरधामीलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ५३ ग्राम ८ सय १० मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यायल मसुरियाबाट खटिएको प्रहरीले पसल तलासी गर्दा उक्त परिमाणको पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।बारा, निजगढ नगरपालिका-६ भमरा राई टोल बस्ने ३३ वर्षीया बिमला अधिकारी फुयाललाई अवैध लागूऔषध गाँजा १ किलो ७ सय ग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनको बङ्गुरको खोर तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-१७ हरैया चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो पदार्थ करिब ५ सय मिलिग्राम, नगद ५ हजार ३० रूपैयाँ र  मोबाइल १ थान सहित सोही महानगरपालिका-१९ आदर्श टोल बस्ने २४ वर्षीय समिर महत्तोलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-२ छप्कैयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ८ सय ८० मिलिग्राम सहित सोही महानगरपालिका-२ बस्ने ४७ वर्षीय सुरेश पहरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट छप्कैयाबाट खटिएको प्रहरीले ना.१ ह ५३२९ नम्बरको ई-रिक्सालाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी ई-रिक्सा चालक पहरीलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८१-०६-०७

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१ ढोडेखालीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ७० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने ३४ वर्षीय डम्बर भण्डारी र उनकै श्रीमती २३ वर्षीया अमृता कार्की रहेका छन् । प्रहरी चौकी बाङगेसिमल र लागूऔषध नियन्त्रण ब्यूरो शाखा सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, मेचीनगर नगरपालिका-६ काँकरभिट्टा पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ८० मिलिग्राम सहित सिन्धुली कमलामाई नगरपालिका-७ बस्ने २१ वर्षीय सबुत हायुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीट्याङ्कीबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।