प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

२०७९-०३-२९

  • A
  • A-
  • A+
Share

कैलाली, टिकापुर नगरपालिका-९ स्थित खक्रौला चेकपोष्टबाट ६ ग्राम ६ सय मिलिग्राम खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित बर्दिया राजापुर नगरपालिका-७ बस्ने २५ वर्षीय लक्ष्मण सुनार सहित ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भे.१ ह ४२७४ नम्बरको अटोलाई प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटो चालक सुनार सहति ४ जनालाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

बारा, महागढीमाई नगरपालिका-१ स्थितबाट करिब ११ केजी अवैध लागूऔषध गाँजा सहित मकवानपुर रक्सिराङ्ग गाउँपालिका-१ बस्ने २७ वर्षीय रमेश कुमार बल समेत ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गढीमाई मन्दिरको दक्षिण पट्टी शंकास्पद मानिसहरु बसिरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी बरियारपुर र लागूऔषध नियन्त्रण ब्यूरो वीरगंजबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

नवलपरासी (पश्चिम), सरावल गाउँपालिका-६ बड्सारेबाट नियन्त्रित लागूऔषध नुरफिन १ सय एम्पुल, डाईजेपाम ८ एम्पुल, फेनरागन १ सय ९७ एम्पुल, नुरफिनको स्टिकर ९ सय १५ थान, मोबाईल ४ थान र १ थान पावर बैङ्क सहित सोही ठाउँ बस्ने १७ वर्षीय किशोर समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरीले सोही ठाउँ बस्ने पारसनाथ गुप्ताको घरमा लागूऔषध प्याकिङ गर्दै गरेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । 

मोरङ, पथरी शनिश्चरे नगरपालिका-१ सिखर चोक बस्ने ३६ वर्षीय विपिन भन्ने वीर बहादुर थापालाई २ ग्राम ४५ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । उनको घरमा लागूऔषध सेवन तथा विक्री गर्ने गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले घर तलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । 

सिरहा, औरही गाउँपालिका-५ स्थितबाट करिब २० केजी अवैध लागूऔषध गाँजा मंगलबार राति प्रहरीले बरामद गरेको छ । नेपालबाट भारततर्फ दुई वटा जेब्रा झोला बोकी ३ जना मानिसहरु जाँदै गरेको अवस्थामा प्रहरी चौकी औरहीबाट खटिएको प्रहरीलाई देख्नासाथ उक्त झोला फाली फरार भएपछि झोला तलासी गर्दा उक्त गाँजा फेला परेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

सम्बन्धित समाचार
अवैध लागूऔषधसहित तीन जना पक्राउ
२०८१-०६-१०

कैलाली, धनगढी उपमहानगरपालिका-३ ट्राफिक चोकस्थित बाजुरा होटलबाट अवैध लागूऔषध चरेश ७ सय ४० ग्राम सहित होटल संचालिका बाजुरा खप्तड छेडेदह गाउँपालिका-४ घर भएकी ४१ वर्षीया मनमति ऐडि रावतलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । यसैगरी कैलाली गौरिगंगा नगरपालिका-८ बडैपुरबाट अवैध लागूऔषध चरेश २ किलो ७ सय ४० ग्राम सहित बझाङ केदारस्युँ गाउँपालिका-६ बस्ने २३ वर्षीय गोबिन्द धामीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । रूपन्देही, सिद्धार्थनगर नगरपालिका-११ पिप्रहवाबाट अवैध लागूऔषध ब्राउनसुगर १० ग्राम ५ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ४५ वर्षीय चुलही जैसवाललाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय भैरहवा र प्रहरी चौकी मेउडिहवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
२०८१-०६-०९

उदयपुर, कटारी नगरपालिका-७ रतनपुरबाट अवैध लागूऔषध गाँजा करिब १२ किलोग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ताप्ली गाउँपालिका-१ बस्ने ३० वर्षीय सरोज राई र २८ वर्षीय दल बहादुर राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।   काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ हजार २ सय ट्याब्लेट सहित बारा फेटा गाउँपालिका-४ बस्ने २१ वर्षीय सुनिल कुमार मुखियालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले बारा कलैयादेखि काठमाडौंतर्फ आउँदै गरेको म.प्र.०३-००१ ख ८१०९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको   हो ।   झापा, झापा गाउँपालिका-६ शरणमतीस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २८ ग्राम ३ सय ५० मिलिग्राम सहित सोही गाउँपालिका-५ पन्थपाडा बस्ने ४२ वर्षीय तेहेरुदिन शेखलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   सुनसरी, धरान उपमहानगरपालिका-११ शिवजी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित २ जनालाई  मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-११ बस्ने ३७ वर्षीय बादल गुरुङ र सोही उपमहानगरपालिका-१६ बस्ने ३१ वर्षीय रोहित बिष्ट रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   सिराहा, मिर्चैया नगरपालिका-६ कटारी चोकस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३० मिलिग्राम सहित सोही नगरपालिका-११ सितापुर टोल बस्ने ४३ वर्षीय संजय यादवलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, कृष्णपुर नगरपालिका-९ पिपरिया जंगलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-१३ झलारी गाउँ बस्ने २१ वर्षीय सुदिप चौधरी र २२ वर्षीय कमलेश राना रहेका छन् । इलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारस्थित सडकबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ हजार ३५ ट्याब्लेट सहित नवलपरासी पश्चिम बर्दाघाट नगरपालिका-१५ बस्ने २२ वर्षीय सन्दिप श्रेष्ठलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले सुनौलीबाट बाग्लुङतर्फ जाँदै गरेको लु.१ ख ८९८४ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट चार जना पक्राउ
२०८१-०६-०८

कैलाली, गौरीगंगा नगरपालिका-८ बडैपुरस्थित मष्टा एग्रो प्रोडक्सन एण्ड सप्लायर्स पसल संचालन गरी बस्ने बझाङ केदारेश्वर गाउँपालिका-६ थापागाउँ घर भएका ३१ वर्षीय डम्बर बहादुर गुरधामीलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ५३ ग्राम ८ सय १० मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यायल मसुरियाबाट खटिएको प्रहरीले पसल तलासी गर्दा उक्त परिमाणको पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।बारा, निजगढ नगरपालिका-६ भमरा राई टोल बस्ने ३३ वर्षीया बिमला अधिकारी फुयाललाई अवैध लागूऔषध गाँजा १ किलो ७ सय ग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनको बङ्गुरको खोर तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-१७ हरैया चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो पदार्थ करिब ५ सय मिलिग्राम, नगद ५ हजार ३० रूपैयाँ र  मोबाइल १ थान सहित सोही महानगरपालिका-१९ आदर्श टोल बस्ने २४ वर्षीय समिर महत्तोलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-२ छप्कैयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ८ सय ८० मिलिग्राम सहित सोही महानगरपालिका-२ बस्ने ४७ वर्षीय सुरेश पहरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट छप्कैयाबाट खटिएको प्रहरीले ना.१ ह ५३२९ नम्बरको ई-रिक्सालाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी ई-रिक्सा चालक पहरीलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८१-०६-०७

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१ ढोडेखालीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ७० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने ३४ वर्षीय डम्बर भण्डारी र उनकै श्रीमती २३ वर्षीया अमृता कार्की रहेका छन् । प्रहरी चौकी बाङगेसिमल र लागूऔषध नियन्त्रण ब्यूरो शाखा सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, मेचीनगर नगरपालिका-६ काँकरभिट्टा पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ८० मिलिग्राम सहित सिन्धुली कमलामाई नगरपालिका-७ बस्ने २१ वर्षीय सबुत हायुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीट्याङ्कीबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।