बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०५-०२
- A
- A-
- A+
काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका-५ घर भई काठमाडौं जोरपाटी बस्ने अर्जुन भन्ने ३८ वर्षीय अरूण कुमार गौतमलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटन ललितपुरको गत असार ६ गतेको फैसलाले बैंकिङ कसूरमा ८ लाख ३० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले भक्तपुर बालकोटबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।