चोरीमा गर्दै गरेको अवस्थामा पक्राउ
२०७९-०५-२६
- A
- A-
- A+
सुनसरी, ईनरुवा नगरपालिका-७ बर्छवा बस्ने मुकुन्द साहु तेलीको घरमा चोरी गर्दै गरेको अवस्थामा सोही ठाउँ बस्ने १९ वर्षीय सरोज मुडियारी र २८ वर्षीय अमन चौधरीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
घरको ढोका फोरी भित्र पसेर चोरी गर्दै गरेको अवस्थामा स्थानीयले उनीहरुलाई नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी चाँदबेलाबाट खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । साथै अमनको साथबाट नियन्त्रित लागूऔषध नाईट्रोजन ६२ ट्याबलेट समेत बरामद भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।