अवैध पटाका सहित पक्राउ तथा बरामद
२०७९-०६-२५
- A
- A-
- A+
मोरङ, रंगेली नगरपालिका-९ दर्बेसाबाट करिब १ लाख ५० हजार रुपैयाँ बराबरको किङ कोबरा नामक अवैध पटाका ३ हजार प्याकेट सहित सुनवर्षी नगरपालिका-८ हस्नगडी बस्ने ३० वर्षीय जितेन्द्र राजवंशीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले प्र.१-०२-००२ ह ८७८९ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा ल्याउँदै गरेको उक्त पटाका सहित उनलाई पक्राउ गरेको हो ।
यसैगरी मोरङ, रंगेली नगरपालिका-४ चोप्राहास्थित धाधरी खोलाको बगरबाट करिब १ लाख २२ हजार २ सय रुपैयाँ बराबरको किङ कोबरा नामक अवैध पटाका २ हजार ४ सय ४४ प्याकेट मंगलबार बिहान प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीलाई भारतबाट नेपालतर्फ आउँदै गरेका ४ जनाले देख्नासाथ सामान छोडी फरार भएपश्चात ४ वटा बोरामा रहेको उक्त पटाका प्रहरीले बरामद गरेको हो ।
झापा, कचनकवल गाउँपालिका-६ बनियानी चौकबाट करिब ५० हजार रुपैयाँ बराबरको पटाका मंगलबार बिहान प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरीले बनियानिबाट विर्तामोडतर्फ आउँदै गरेको मे.१ख ३०९० नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त पटाका फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।