बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०६-२७
- A
- A-
- A+
काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१२ भोटेबहाल बस्ने भारत हरियाना राज्य भिवानी जिल्ला चर्खिदादरी घर भएका ४४ वर्षीय शशी शर्मालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । २५ लाख रुपैयाँ बिगो भएको बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनबाट २०७९ भदौ ७ गते पक्राउ अनुमती जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले चन्द्रागिरी नगरपालिका-१५ सतुङ्गलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त बालाजु पठाइएको छ ।
यसैगरी बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं चन्द्रागिरी नगरपालिका-६ थानकोट बस्ने कास्की मादी गाउँपालिका-७ बस्ने ५८ वर्षीय नरायण भण्डारीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको गत असार २१ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १ दिन कैद, २ लाख रूपैयाँ जरिवाना र ८ हजार रूपैयाँ क्षतिपूर्ति शुल्क भराउने ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१६ बालाजु चोकबाट उनलाई पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत लगनखेल ललितपुर पठाइएको छ ।