अवैध लागूऔषध गाँजा सहित पक्राउ तथा बरामद
२०७९-०७-१८
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध गाँजाको धुलो १ किलो ६ सय ग्राम सहित धादिङ थाक्रे गाउँपालिका-७ बस्ने ६१ वर्षीय साईला तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । धादिङको महादेववेशीबाट काठमाडौंतर्फ आउँदै गरेको बा.२ ख ६३६८ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा झोलामा काउली राखी काउलीको बिचमा लुकाई छिपाई ल्याउँदै गरेको उक्त गाँजाको धुलो सहित फेला पारी पक्राउ गरको हो ।
पर्सा, बहुदरमाई नगरपालिका-७ छप्कैयास्थित खोलाको किनारमा रहेको बाँसको झ्याङमाबाट अवैध लागूऔषध गाँजा करिब ७ किलो शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय पोखरियबाट खटिएको प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।