जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०७९-०९-११
- A
- A-
- A+
पाल्पा, १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तिनाउ गाउँपालिका-१ ठुलीउदाङ बस्ने २१ वर्षीय हिमाल सोमरेलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
हिमालले ती किशोरीलाई असार ३ गते जबरजस्ती करणी गरेको र ती किशोरी गर्भवती समेत भएको भन्ने उजुरीको आधारमा प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।