बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०९-२९
- A
- A-
- A+
झापा, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बिर्तामोड नगरपालिका-२ चारापाने घर भएका ३९ वर्षीय सागर प्रसाद सेलवाललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७७ माघ १०१९ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३ दिन कैद, ३ लाख रूपैयाँ जरिवाना र १२ हजार रूपैयाँ पीडित राहत कोषमा क्षेतिपूर्ति भराउनु पर्ने सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको छ ।