मणिवाला सर्प हो भन्दै ठगी गरेको अभियोगमा पक्राउ
२०७९-१०-१०
- A
- A-
- A+
दाङ, मणिवाला सर्प हो भन्दै करिब १ तोला सुनको गरगहना र नगद १ हजार रुपैयाँ ठगी गरेको अभियोगमा सर्प बेच्दै हिँड्ने सुनसरी रामधुनी नगरपालिका-३ बस्ने ३५ वर्षीय मोहमद सलमानलाई दाङ लमही नगरपालिका-९ जलकुम्भीबाट सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
बाँके राप्ती सोनारी गाउँपालिकाकी एक महिलालाई सलमानले मणिवाला सर्प हो भनी लोभलालच देखाई उक्त धनमाल ठगी गरेको खुल्न आएपछि पीडितका आफन्तको सहयोगमा ईलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले प्रदेश १-०२-०४६ प ४८९९ नम्बरको मोटरसाइकल सहित उनलाई पक्राउ गरेको हो ।
प्रहरीले हाल फरार सलमानसँग आएका अन्य २ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।