अवैध लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट छ जना पक्राउ
२०७९-१०-१०
- A
- A-
- A+
पर्सा, कालिकामाई गाउँपालिका-१ मुडलीस्थित नहरबाट अवैध लागूऔषध गाँजा ७ केजी सहित भारत घर भएका ५० वर्षीय शम्भु सहनीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कालिकामाईबाट खटिएको प्रहरीले बीआर २८ के ४९१९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुर, भिमदत्त नगरपालिका-४ बसपार्कस्थित दैलेख शाही खाजा घरबाट अवैध लागूऔषध चरेश ९० ग्राम सहित खाजा घरका संचालक २६ वर्षीय बिक्रम शाहीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, पुनर्वास नगरपालिका-१ ढक्काबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ ग्राम ५८ मिलिग्राम सहित बेलौरी नगरपालिका-३ खिरिया बस्ने २८ वर्षीय राम अवतार रानालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले सु.प.प्र.०१ ०१० प ३३५० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-२२ स्थित बाबा बुटिकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ १२ ग्राम सहित सोही उपमहानगरपालिका-१४ बस्ने २३ वर्षीय महेश भाटलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मकवानपुर, मनहरी गाउँपालिका-८ दारिमबासबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब १ केजी सहित पर्सा पटेर्वा सुगौली गाउँपालिका-८ बस्ने ५० वर्षीय शेख भिखारीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले बा.४ ख ५१४८ नम्बरको यात्रुबाहक बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-८ पालिया गंगा टोलबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने लिसाईलो पदार्थ ३० ग्राम, नगद २५ हजार ५ सय रुपैयाँ र ३ थान मोबाइल सहित सोही ठाउँ बस्ने ३६ वर्षीय आसिर खाँलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरीले खाँलाई उनकै घरबाट उक्त लागूऔषध र नगद सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।