नियन्त्रित लागूऔषध सहित पक्राउ
२०७८-०७-१६
- A
- A-
- A+
पर्सा, वीरगंज महानगरपालिका-१४ गण्डक चोकबाट नियन्त्रित लागूऔषध २ सय पिस फेनारागन, २ सय पिस डाईजेपाम र २ सय पिस नुफिन सहित मकवानपुर पदमपोखरी नगरपालिका-१२ पदमपोखरी बस्ने ४८ वर्षीय रबि लामालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
वीरगंजदेखि पोखरासम्म चल्ने ग.२ ख ००८९ नम्बरको बसलाई प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा रबिलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।