अवैध लागूऔषध सहित पक्राउ
२०७८-०७-२७
- A
- A-
- A+
काठमाडौं,
झापा, शिवसताक्षी नगरपालिका-८ झिलझिलेबाट करिब २ ग्राम ३ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र नगद ४१ हजार रुपैयाँ सहित सोही ठाँउस्थित होटल संचालन गरी बस्ने २९ वर्षीया मिना राईलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित पक्राउ गरेको हो ।
सप्तरी, हनुमाननगर कंकालनी नगरपालिका-१४ रामपुरा मलहनिया चोकबाट नियन्त्रित लागूऔषध डाइलेक्स डिसी १२ बोतल, स्पास्मो प्रोक्सिभन १ सय ४४ पिस र नाइट्रोसन १ सय पिस सहित सोही नगरपालिका-८ बस्ने ३२ वर्षीय मो. साबिर मियालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।