अवैध लागूऔषधसहित पक्राउ
२०८१-०१-१३
- A
- A-
- A+
बाँके, खजुरा गाउँपालिका-२ ‘सि’ गाउँ बस्ने २५ वर्षीय बिमल सिंह ठकुरीलाई उनकै घरबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब ३ ग्रामसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी राधापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।