अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८१-०१-१५
- A
- A-
- A+
सुर्खेत, भेरीगंगा नगरपालिका-१० तोलिखोलाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय २० मिलिग्रामसहित पञ्चपुरी नगरपालिका-७ बस्ने १९ वर्षीय कमल बयकलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ जाँदै गरेको क.प्र.०२-००१ प ७२२३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी सुर्खेत, बीरेन्द्रनगर नगरपालिका-११ बियुरेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम ७ सय ९० मिलिग्रामसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बीरेन्द्रनगर नगरपालिका-७ बस्ने २७ वर्षीय नरेन्द्र ठाडाँ मगर र ३८ वर्षीय दुर्ग बहादुर अधिकारी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र.०२-००२ प ६३९२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बाँके, कोहलपुर नगरपालिका-११ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय १० मिलिग्रामसहित सोही ठाउँ बस्ने २७ वर्षीय गोबिन्द सुनारलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कञ्चनपुर, भिमदत्त नगरपालिका-६ ऐठपुर डेरा गरी बस्ने दार्चुला मालिकार्जुन गाउँपालिका-३ घर भएका ३९ वर्षीय आन सिह साउँद र ३१ वर्षीय गोबिन्द धामीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ६० मिलिग्रामसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो माहेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले उनीहरूको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
कैलाली, टीकापुर नगरपालिका-१ भुपु कमैया शिविर टोल बस्ने २५ वर्षीय विकास चौधरी समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्रामसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सिरहा, गोलबजार नगरपालिका-६ डोहटिया टोल बस्ने १९ वर्षीय सुरज पासवानलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्रामसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।