प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ

२०८१-०१-१६

  • A
  • A-
  • A+
Share

पर्सा, कालिकामाई गाउँपालिका-१ तिनदुबिया बस्ने ४१ वर्षीय बृजेश प्रसाद कुर्मीलाई उनकै घरबाट चरेस जस्तो देखिने पदार्थ १७ किलोसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा लुकाई छिपाई राखेको उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

रौतहट, कटहरिया नगरपालिका-२ छेदिचोकबाट अवैध लागूऔषध गाँजा १० किलो ५ सय ग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा निजगढ नगरपालिका-९ बजार टोल बस्ने अटो चालक ४२ वर्षीय अनन्त बराइली र उनकै श्रीमती ३५ वर्षीय मन्जु बराइली रहेका छन् । अस्थायी प्रहरी पोष्ट छेदिचोकबाट खटिएको प्रहरीले प्र.२-०३-००१ ह ३१५ नम्बरको अटो जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । 

झापा, झापा गाउँपालिका-५ पन्थपाडास्थित सडकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम र नगद ११ हजार रूपैयाँसहित झापा बाह्रदर्शी गाउँपालिका-४ चकचकी बस्ने ३२ वर्षीय जफिर आलमलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.१० प ५६४२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक जफिरलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

धनुषा, औरही गाउँपालिका-५ स्थित औरही चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्राम र नगद ३८ हजार २ सय २० रूपैयाँसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिरहा सिरहा नगरपालिका-१५ बस्ने ३६ वर्षीय श्याम सुन्दर यादव र भारत घर भएका ३२ वर्षीय सुधिर कुमार ठाकुर रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषा समेतबाट खटिएको प्रहरीले विआर ३२ एएफ ९३४७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ र नगदसहित पक्राउ गरेको हो ।  

यसैगरी धनुषा, जनकपुर उपमहानगरपालिका-४ मुरली चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१ बस्ने २२ वर्षीय अर्जुन बैठा र २१ वर्षीय ईन्द्रजीत भण्डारी रहेका छन् । प्रहरी चौकी हनुमाननगर र लागूऔषध नियन्त्रण व्यूरो जनकपुरबाट खटिएको प्रहरीले ज.१० प १२८९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

कञ्चनपुर, बेलौरी नगरपालिका-६ बैशाखाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो पदार्थ १ ग्राम ६५ मिलिग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-१ पुष्पलाल चोक बस्ने १९ वर्षीया दिक्षा लामिछाने र सोही उपमहानगरपालिका-२ मिलनचोक बस्ने १८ वर्षीया किशोरी रहेका छन् । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
२०८१-०४-१२

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम सहित कैलाली गौरीगंगा नगरपालिका-२ बस्ने २१ वर्षीय गणेश सिघाललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोट र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.८ ख ६९४८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार सिघाललाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध गाँजा ३२ ग्राम ५ सय मिलिग्राम र अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ४० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भद्रपुर नगरपालिका-९ बस्ने २१ वर्षीय राज कुमार राजवंशी र भारत सिक्किम राज्य नाम्ची घर बताउने २७ वर्षीय सन्तोष राई रहेका छन् । मेचीपुल बिटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  भोजपुर, भोजपुर नगरपालिका-७ भोजपुर बजारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १८ ट्याब्लेट र कोलिवान १६ ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भोजपुर नगरपालिका-९ बस्ने २० वर्षीय अर्पण राई र २० वर्षीय रेन्जी शेर्पा रहेका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले बा.प्र. ३ -००५ प ५३५५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८१-०४-११

 बैतडी, पाटन नगरपालिका-३ बनारसी धामबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ५ सय १२ ग्राम सहित सोही नगरपालिका बुङडा बस्ने ६० वर्षीय गोपाल सिंह बिष्टलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । उदयपुर, चौदण्डीगढी नगरपालिका-४ बसाहबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ट्याब्लेट र क्यालिवान ६ सय ट्याब्लेट सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चौदण्डीगढी नगरपालिका-६ बेल्टार बजार बस्ने २४ वर्षीय केवस तामाङ र २३ वर्षीया सुस्मा राई रहेका छन् । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले फत्तेपुरबाट बेल्टारतर्फ जाँदै गरेको को.२७ प ९६९२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध  खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७४ मिलिग्राम सहित भारत बिहार पुर्णीया मट्‍ठा-२७ बस्ने २५ वर्षीय गौरव जैनलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित सात जना पक्राउ
२०८१-०४-१०

झापा, मेचिनगर नगरपालिका-६ पुरानो मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ९० मिलिग्राम, मोबाइल २ थान, नगद १० हजार रूपैयाँ र २ थान एटिम कार्ड सहित कमल गाउँपालिका-४ सितापुरी बस्ने ४१ वर्षीय धन बहादुर लिम्बुलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.५३ प १२४५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, कैलारी गाउँपालिका-७ हुलाकी राजमार्गबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय मिलिग्राम सहित सोही गाउँपालिका-३ बस्ने २८ वर्षीय राजु चौधरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, भिमदत्त नगरपालिका-१९ बागफाँटा दशरथ टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ५ सय ५० मिलिग्रामसहित सोही ठाउँ बस्ने १६ वर्षीय किशोर समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट  खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, इनरूवा नगरपालिका-४ बिरेन्द्र टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ७ ग्राम ४० मिलिग्राम, मोबाइल ४ थान, नगद १ लाख ५ सय रूपैयाँ सहित धनकुटा नगरपालिका-६ बस्ने ३० वर्षीय प्रितम राई समेत ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इनरूवा नगरपालिका-४ बिरेन्द्र टोल बस्ने अशोक कुमार यादवको घरमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले यादवको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको बा.१३ च २८५५ नम्बरको स्कार्पियो समेत प्रहरीले बरामद गरेको छ ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८१-०४-१०

पर्सा, वीरगंज महानगरपालिका-२५ खल्वाटोलस्थित सडकबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ५ सय ७० ट्याब्लेट सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा जितपुर सिमरा उपमहानगरपालिका-७ बस्ने २५ वर्षीय सुरज साह कलवार र २० वर्षीय सलमान अन्सारी रहेका छन् । प्रहरी चौकी सिर्सिया र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-४ वैदिक नगरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय २२ ट्याब्लेट र अवैध लागूऔषध गाँजा २ सय ५० ग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने सुनसरी घर भएका २१ वर्षीय समिर राजधामीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
२०८१-०४-०९

मोरङ, बिराटनगर महानगरपालिका-१६ दरैया चोकस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ४० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैचा नगरपालिका-५ बाँसबारी बस्ने २५ वर्षीय अभिषेक चौधरी र ३० वर्षीय उज्वल सापकोटा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.१९ प ८५९२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह भन्सार चेक प्वाइन्टस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ३८ ट्याब्लेट र नाइट्राजेपाम ३० ट्याब्लेट सहित कोहलपुर नगरपालिका-२ मनकामना चोक बस्ने १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय, जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय मिलिग्राम सहित जानकी गाउँपालिका-६ बस्ने २६ वर्षीय चेतमान सोनीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको  छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको संयुक्त टोलीले भे.३ प २५०९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक चेतमानलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-६ रानीपुरस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित सोही गाउँपालिका-५ जगतिया बस्ने २ जना १६ वर्षीय किशोरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका साइकलयात्री उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   चितवन, भरतपुर महानगरपालिका-१३ गंगानगर बस्ने ४७ वर्षीय सोम बहादुर विकलाई अवैध लागूऔषध गाँजा २ किलो ४ सय ग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गितानगरबाट खटिएको प्रहरीले उनको घर तलसी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।  कैलाली, टीकापुर नगरपालिका-१ भु.पु.सैनिक चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दगोरिया गाउँपालिका-२ बौनिया बस्ने २५ वर्षीय सुमन थारू र १९ वर्षीय यम बहादुर चौधरी रहेका रहेका छन् । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले से.६ प ९१२७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-१६ फुलवारी टोल बस्ने ६५ वर्षीय आसिद मिया र ४२ वर्षीया कायमा खातुनलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ८ किलो २ सय ३७ ग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने सर्फदिन अन्सारीले लागूऔषध ओसार पसार गर्ने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय नगवाबाट खटिएको संयुक्त टोलीले उनको घर तलासी गर्दा उक्त परिमाणको चरेश फेला पारी मिया र खातुनलाई पक्राउ गरेको हो । हाल फरार अन्सारीको प्रहरीले खोजी गरिरहेको छ ।  झापा, अर्जुनधारा नगरपालिका-११ स्थित नयाँ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय मिलिग्राम सहित सिन्धुली तिनपाटन गाउँपालिका-१ घर बताउने २८ वर्षीय धन बहादुर बस्नेतलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, झापा गाउँपालिका-४ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ५ सय ३० मिलिग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कमल गाउँपालिका-१ बस्ने २९ वर्षीय मौसम लिम्बु र ३६ वर्षीया सर्मिला राई रहेका छन् । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले चर्तागाछिबाट सुरूङ्गातर्फ जाँदै गरेको प्र.१-०१-०१५ प ७८०८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, मेचिनगर नगरपालिका-१० धाईजन ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ७० मिलिग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने ३० वर्षीय सोनु तामाङ र २८ वर्षीय सुरेश गुरूङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो काँकभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।