अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ
२०८१-०१-२८
- A
- A-
- A+
बर्दिया, मधुवन नगरपालिका ६ र ७ को सिमाना नहर नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय १० मिलिग्रामसहित सोही नगरपालिका-७ गाउँ नम्बर ५ प्रगति बजार बस्ने २८ वर्षीय विकाश पुन मगरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।