दुई किलो ५ ग्राम चाँदीसहित महिला पक्राउ
२०८१-०१-२९
- A
- A-
- A+
झापा, भद्रपुर नगरपालिका-८ स्थित भद्रपुर एयरपोर्टबाट २ किलो ५ ग्राम चाँदी जस्तो देखिने धातुसहित भारत उत्तराखण्ड देराजुङ बस्ने ३० वर्षीया तेन्जिङ छिरीङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
बुद्द एयरको उडानद्धारा काठमाडौं जान लागेकी उनलाई प्रहरीले जाँच गर्ने क्रममा झोलामा रहेको उक्त धातु फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।