जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८१-०१-३०
- A
- A-
- A+
मनाङ, २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ङिस्याङ गाउँपालिका-३ ङावल बस्ने २७ वर्षीय अर्जुन राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
राईले ती महिलालाई सोही ठाउँस्थित मानिस नबस्ने पुरानो घरमा एक महिनाअघि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय हुम्देबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।