हत्या गरेको अभियोगमा ५ जना पक्राउ
२०८१-०१-३०
- A
- A-
- A+
काठमाडौं महानगरपालिका गौशाला डेरा गरी बस्ने सुनसरी, इटहरी उपमहानगरपालिका घर भएका २४ वर्षीय शम्भु धितालको कुटपिट गरी हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-८ तिलगंगा बस्ने १८/१८ वर्षीय ४ जना किशोरहरूलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरको छ । काठमाडौं महानगरपालिका-९ कुमारी मन्दिर नजिक शम्भु धिताललाई अपरिचित ३/४ जना ब्यक्तिहरुले हतियार प्रहार गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले खोजी तथा अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न उनीहरूलाई काठमाडौं महानगरपालिका-८ तिलगंगाबाट पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएका शम्भुको केएमसि अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको थियो ।
दाङ, घोराही उपमहानगरपालिका-१० पहेलपार बस्ने ५० वर्षीया जुपली बुढा र सुर्खेत बिरेन्द्रनगर नगरपालिका-२ चनाबारी बस्ने ४४ वर्षीया संगिता सुनारको हत्या गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१७ चौघेरा बस्ने रोल्पा थवाङ गाउँपालिका-२ घर भएका ५७ वर्षीय टेक बहादुर घर्तीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जुपली बुढाको घरको भान्छा कोठामा निज जुपली बुढा र संगिता सुनारलाई टेक बहादुर घर्तीले टाउकोमा बन्चरो प्रहार गरी कर्तव्य गरी मारेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नारायणपुर र जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।