अवैध लागूऔषधसहित विभिन्न स्थानबाट दुई जना पक्राउ
२०८१-०१-३०
- A
- A-
- A+
बाँके, बैजनाथ गाउँपालिका-५ बनकटुवा बस्ने ३२ वर्षीय भरत थारूलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७ सय १० मिलिग्रामसहित उनकै घरबाट आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर र प्रहरी बिट जि गाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम सहित काठमाडौं महानगरपालिका- ७ गोंगबु बस्ने ४४ वर्षीय आशिस महर्जनलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङगा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुंगाबाट खटिएको प्रहरीले काँकडभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २७७६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।