अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ
२०८१-०२-०१
- A
- A-
- A+
मोरङ, रतुवामाइ नगरपालिका-६ कादुपाडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ५८ ग्रामसहित भारत घर बताउने ३४ वर्षीय भगिरथ हरिजनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रणमा खटिएको प्रहरी टोलीले कारोबारीको खोजतलास गर्ने क्रममा शंकास्पद व्यक्ति बीआर ३८ क्यू ३८३० नम्बरको मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा पिछा गरी नियन्त्रणमा लिने क्रममा हरिजनले प्रहरीतर्फ आक्रमणको प्रयास गरेपछि प्रतिकार स्वरूप गोली फायर गर्दा घाइते भएका हरिजनलाई उपचारको लागि अरनिको अस्पताल उर्लावारी लगिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।