अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८१-०२-०५
- A
- A-
- A+
बाँके, नेपालगञ्ज उपमहानगरपालिका-६ फुलटेक्राबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ५ मिलिग्रामसहित सोही ठाउँ बस्ने २८ वर्षीय पेशकर खटिकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी बाँके, खजुरा गाउँपालिका-६ सिमलघारीस्थित घुम्ति पसलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ९ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २९ वर्षीय देबेन्द्र शाहीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मोरङ, पथरी शनिश्चरे नगरपालिका-४ सम्झना चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५० मिलिग्रामसहित सोही ठाउँ बस्ने १७ वर्षीय र १६ वर्षीय २ जना किशोरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट कीर्तिपुरबाट गस्तीमा खटिएको प्रहरीले प्र.१-०२-०५३ प ६२६३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सुनसरी, बराहक्षेत्र नगरपालिका-१ खारखोलाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५० मिलिग्रामसहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने धनकुटा पाख्रिबास नगरपालिका-४ घर भएकी २१ वर्षीया जमुना कार्की र उनकै श्रीमान भारत दार्जिलिङ खोरीपारी थाना डुलाल जोत पोष्ट बस्ने ३५ वर्षीय जिन तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-११ रामघाटबाट नियन्त्रित लागूऔषध नुर्फिन २७ एम्पुल, डाईजेपाम २७ एम्पुल र फेनरागन २७ एम्पुलसहित सोही महानगरपालिका-१४ बस्ने १८ वर्षीय किशोर र सोही महानगरपालिका-९ बस्ने ललितपुर घर भएका संदिप मिजारलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा पोखरा महानगरपालिका-९ बस्ने ३६ वर्षीय धन बहादुर गौतमको घरबाट नुर्फिन ६० एम्पुल, डाईजेपाम ६० एम्पुल र फेनारगन ६० एम्पुल फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।