प्रहरी परिवार पुनर्मिलन कार्यक्रम सम्पन्न
२०८१-०२-०६
- A
- A-
- A+
प्युठान, प्युठान नगरपालिका-३ स्थित शहिदपार्क बिजुवारमा “प्रहरी परिवार पुनर्मिलन कार्यक्रम” शनिबार सम्पन्न भएको छ । नेपाल पूर्व प्रहरी संगठन प्युठानको समन्वय र नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको सहकार्यमा जिल्ला प्रहरी कार्यालय प्युठानले उक्त कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले यस्ता कार्यक्रमले बहालवाला प्रहरी कर्मचारी, पूर्व प्रहरी कर्मचारी, अशक्त प्रहरी कर्मचारी, आश्रित परिवारजनहरू तथा अमर प्रहरी परिवारजनहरूमा आपसी सद्भाव प्रगाढ बनाउँदै कार्य सम्पादन गर्न र तनाव व्यबस्थापन गर्नमा सहयोग पुर्याउने उल्लेख गर्नुभयो ।
सो अवसरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले पूर्व प्रहरी तथा अमर अशक्त प्रहरीको महत्वपूर्ण योगदानको चर्चा गर्दै यस्ता कार्यक्रमले प्रहरी संगठन थप मजबुत हुने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्वर थापालाई प्रशंसापत्र प्रदान गर्नुभयो ।
नेपाल पुर्व प्रहरी संगठन प्युठानका अध्यक्ष मोहन सिंह बिष्टले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ लुम्विनी प्रदेशकी अध्यक्ष निलम कडायत लगायतको उपस्थिति रहेको थियो ।