जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८१-०२-०८
- A
- A-
- A+
मोरङ, ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका-६ सितापुरी टोल बस्ने ४८ वर्षीय ज्ञान बहादुर मगरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
मगरले ती बालिकालाई शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।